बागमती प्रदेशमकवानपुरभीमफेदी दुर्घटना : जनही १० लाख क्षतिपूर्तिको मागसहित शव परीक्षणमा सहमति

भीमफेदी दुर्घटना : जनही १० लाख क्षतिपूर्तिको मागसहित शव परीक्षणमा सहमति

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत भएका छन्। मृतक परिवारका माग सम्बन्धित निकायसम्म पुर्‍याएर सम्बोधनका लागि पहल गर्ने आश्वासनपछि सहमति जुटेको हो।

मधेश प्रदेशका पूर्वअर्थमन्त्री सञ्जयकुमार यादव, चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवसहित मृतकका आफन्तले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेका थिए।

मृतक पक्षले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी तथा घाइते तीन बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था सात दिनभित्र गर्न माग गरेको छ।

यादवका अनुसार माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याउने आश्वासनपछि शव परीक्षण गर्न दिइएको हो। परीक्षणपछि आफन्तले शव बुझेर सर्लाही लैजाने तयारी गरेका छन्।

बिहीबारको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार