देशबागमती प्रदेशआज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्डौ विश्वका प्रदूषित शहरहरूको सूचीमा पाँचौँ स्थानमा परेको हो।

​बिहान साढे ८ बजे मापन गरिएको काठमाण्डौको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ रहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई १५० नाघेपछि हावा सबैका लागि अस्वस्थकर मानिन्छ भने २०० नाघेपछि अति अस्वस्थकर बन्छ।

​सूचीअनुसार पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित विश्वकै पहिलो प्रदूषित शहर बनेको छ। यस्तै, बङ्गलादेशको ढाका २०८ सहित दोस्रो र भारतको कोलकाता १९९ एक्यूआईसहित तेस्रो स्थानमा रहेका छन्।

​चिसो र वायु प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीलाई विशेष सावधानी अपनाउन तथा घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार