नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । कात्तिक २० गते शनिबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको हो ।
यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले विज्ञप्ति जारी गर्दै विभिन्न देशमा भाइटीकाको साइत सार्वजनिक गरेका छन् ।




