जीवनशैलीघर बनाउँदै हुनुहुन्छ , भुलेर पनि यि दिशामा भान्सा नराख्नुहोस्

घर बनाउँदै हुनुहुन्छ , भुलेर पनि यि दिशामा भान्सा नराख्नुहोस्

घर बनाउँदा आधुनिक प्रविधिको कुरा मात्र होइन, प्राचीन कालदेखि चल्दै आएको वास्तु विज्ञानलाई पनि ध्यान दिनु आवश्यक छ ।

पछिल्लो समय इन्जिनियरहरुले समेत घरको डिजाइन बनाउँदा वास्तु विज्ञानलाई समेत आधार मान्न थालेको अवस्थामा यस , शास्त्रको महत्व कति रहेछ भन्ने कुरा रहेको छ । वास्तुशास्त्रले घर, घरका कोठा, सजावटलगायत सबै कुराको व्यवस्थापन कसरी गर्दा हाम्रा लागि लाभदायक हुन्छ । वास्तुशास्त्रले भान्साका बारेमा समेत दिशा निर्देश गरेको छ ।

वास्तुशास्त्र अनुसार भान्सा घरको दक्षिणपूर्व दिशा अर्थात् आग्नेय कोण राम्रो मानिएको छ । यस दिशामा अग्नि अर्थात ऊर्जाको वास हुने गर्छ ।भान्सा सही दिशामा नहुँदा भान्सामा लामो समय बिताउने मानिसमा नराम्रो असर पर्छ । तसर्थ वास्तुअनुसार भूलेर पनि दक्षिण पश्चिम दिशामा भान्सा बनाउनु राम्रो मानिदैन ।

दक्षिण पश्चिम दिशामा भान्सा हुनु ठुलो वास्तु दोष मानिन्छ । यस्तोमा घरमा अनावश्यक खर्च बढ्ने गर्छ । वास्तुअनुसार यस दिशामा भान्सा हुँदा घरका सदस्यहरुमा समस्या आउन सक्छ ।किचनमा ग्यास वा चुल्हो राख्ने स्ल्याब पूर्व तथा उत्तर दिशातर्फ हुनु पर्छ । जसका कारण खाना बनाउनेको मुख उत्तर वा पूर्व हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img