Monday, January 13, 2025
हेडलाईनआजदेखि जन्मिने पिढी: 'बिटा जेनेरेसन'

आजदेखि जन्मिने पिढी: ‘बिटा जेनेरेसन’

काठमाडौं । सन् २०२५ को जनवरी १ बाट जन्मिने बालबालिकाहरूलाई ‘जेनेरेसन बिटा’ को रूपमा चिनिनेछ। यसअघि, जेन वाई, जेड र अल्फा पुस्ताहरूले इतिहासमा आफ्नो भूमिका निर्वाह गरेका थिए। सामाजिक अनुसन्धानकर्ता मार्क म्याकक्रिन्डलले यी पुस्ताका नामहरू पहिल्यै तय गरेका थि ए। उनका अनुसार, प्रत्येक पुस्ताले आफ्नो विशेष चुनौती र अवसरका आधारमा जीवनको नयाँ धार तय गर्दछ।

पुस्ताहरूको नाम कसरी तय हुन्छ?

पुस्ताका नामहरू ऐतिहासिक, सांस्कृतिक र सामाजिक परिवेशका आधारमा राखिन्छन्। सामान्यतया, प्रत्येक १५ देखि २० वर्षको अन्तरालमा नयाँ पुस्ताको नाम तय गरिन्छ। यहाँ अघिल्लो पुस्ताहरूका नाम र तिनीहरूको विशेषताबारे चर्चा गरिन्छ:

  • जेनआई जेनेरेसन (१९०१-१९२७): महामन्दीको समयमा जन्मिएको यो पुस्ताले द्वितीय विश्वयुद्ध देख्यो। परिवारको स्थायित्व र सिपाहीको भूमिकामा उनीहरूले जीवन बिताए।
  • साइलेन्ट पुस्ता (१९२८-१९४५): यो पुस्ता मेहनती र आत्मनिर्भर थियो।
  • बेबी बुमर पुस्ता (१९४६-१९६४): द्वितीय विश्वयुद्धपछि जनसंख्यामा तीव्र वृद्धि भएको यो पुस्ताले आधुनिकताको जग बसायो।
  • सहस्राब्दी वा जेन वाई (१९८१-१९९६): टेक्नोलोजीसँग तालमेल राख्दै, यो पुस्ताले प्रविधि-अनुकूल जीवनको अवधारणा विकास गर्यो।
  • जेन जेड (१९९७-२००९): इन्टरनेट र सामाजिक सञ्जालको उदय भएको यो पुस्ताले डिजिटल संसारमा आफ्नो पहिचान बनायो।
  • जेन अल्फा (२०१०-२०२४): सामाजिक सञ्जाल र प्रविधिको वर्चस्व भएको पुस्ता।

सन् २०२५ देखि २०३९ सम्म जन्मिने बालबालिकाहरू जेनेरेसन बिटामा पर्छन्। मार्क म्याकक्रिन्डलका अनुसार, यो पुस्ता पूर्णरूपमा प्रविधिमा आधारित हुनेछ। शिक्षादेखि स्वास्थ्य सेवा, मनोरञ्जनदेखि सामाजिक जीवनसम्म, एआई र स्वचालनले हावी रहनेछ।

जेनेरेसन बिटा पहिलो पुस्ता हुनेछ, जसले प्रविधिलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनेछ। शिक्षा डिजिटल कक्षाकोठा, अनलाइन शिक्षण र एआई ट्युटरले शिक्षालाई सहज र फराकिलो बनाउनेछ। स्वास्थ्य सेवा एआई आधारित डाइग्नोस्टिक प्रणाली, रोबोटिक सर्जरी र डिजिटल हेल्थ ट्र्याकिङ प्रविधिहरूले स्वास्थ्य सेवालाई क्रान्तिकारी बनाउनेछ। मनोरञ्जन भर्चुअल रियालिटी (VR) र संवर्धित वास्तविकता (AR) प्रविधिहरूले मनोरञ्जनलाई व्यक्तिगत बनाउनेछ।

जेनेरेसन बिटाले विश्वव्यापी नागरिकताको अवधारणालाई अगाडि बढाउनेछ। तिनीहरूमा समुदायप्रतिको सोच फरक हुनेछ। सामाजिक न्याय, समावेशिता र भेदभावविरुद्धको लडाइँमा तिनीहरूले नेतृत्व गर्ने सम्भावना छ।

 डोर्सीका अनुसार, जलवायु परिवर्तनको गम्भीर चुनौती यो पुस्ताले भोग्नुपर्नेछ। सहरीकरण तीव्र गतिमा बढ्नेछ, जसले आवास, पूर्वाधार र रोजगारको नयाँ सम्भावना र चुनौती ल्याउनेछ।  बिटा पुस्ता भर्चुअल वातावरणलाई वास्तविकताभन्दा कम मान्नेछैन। तिनीहरूको दृष्टिकोण, सोच र कार्यसम्पादन भर्चुअल उपकरणहरूसँग एकाकार हुनेछ।

सन् २०३९ सम्ममा, विश्वको करिब १६% जनसंख्या जेन बिटा, जेड र वाई पुस्ताका मानिसहरू हुनेछन्। बिटा पुस्ताका अधिकांश मानिसहरूले २२औँ शताब्दी देख्नेछन्।

बिटा पुस्ताले एआई र स्मार्ट प्रविधिको पूर्ण लाभ उठाउनेछ। तर, जलवायु परिवर्तन, सहरीकरण र सामाजिक असमानता जस्ता चुनौतीहरू सामना गर्नुपर्नेछ। तिनीहरूका लागि प्रविधि मुख्य अस्त्र हुने छ। डोर्सी भन्छन्, “यो पुस्ता कृत्रिम बुद्धिमत्ता र स्मार्ट उपकरणहरूसँग हुर्कनेछ। उनीहरूको जीवन चुनौतीपूर्ण भए पनि, सामूहिक प्रयासले नयाँ युगको सुरुवात गर्नेछ।”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img