काठमाडौं : पछिल्लो केही दिनयता देशभर अत्यधिक चिसो बढेको छ। जसले गर्दा देशका उच्च पहाडी भेगमा हिमपात तथा तराई भेगमा शीतलहर चलिरहेको छ। चिसो बढेको बेला मानिसका दैनिकी पनि कष्टकर हुँदै गएको छ।
चिसोमा स्वास्थ्यमा समेत गम्भीर खालका समस्या देखिने हुनाले चिसोबाट बच्न विभिन्न खालको उपायहरू अपनाउने गरिन्छ। ग्रामीण भेगमा आगो बालेर चिसोबाट बच्ने भए पनि शहरी भेगमा धेरैले हिटर ताप्ने प्रचलन बढ्दो छ।
धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्यास बढ्न जाने र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन्। जसले गर्दा चिसोबाट बच्न हिटर ताप्दा विशेष सावधानी अपनाउनुपर्ने बताइन्छ।
हिटर ताप्दा ध्यान दिन जरुरी
आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नुपर्ने चिकित्सकहरूले सुझाव छ। लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ। धेरै गर्मी र शरीर सुक्खा बनाउँछ धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छाला सुक्खा हुने गर्छ।
यसले छाला फुट्ने चाउरीपन देखापर्ने गर्छ। आखाँको ज्योति कमजोर बनाउँछ कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर, लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आँखालाई असर पुर्याउँछ, यसले आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ। त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन।
हिटर ताप्दा सकेसम्म १० सेन्टिमिटर टाढा राखेर हिटर ताप्ने गर्नुपर्छ। इलेक्ट्रिकलभन्दा ग्यास हिटर ताप्नु राम्रो यदि हिटर ताप्दै हुनुहुन्छ भने इलेक्ट्रिकल हिटरभन्दा ग्यास हिटर ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। ग्यास हिटरले इलेक्ट्रिकल हिटरभन्दा कम अक्जिनलाई असर गर्छ। यस्तै ग्यास हिटरले कार्बनमोनोअक्साइड ग्यास पनि कम फाल्ने गर्छ। जसले गर्दा लामो समयसम्म पनि ग्यास हिटर ताप्ने गर्दा पनि स्वास्थ्यलाई खासै असर गर्दैन।