स्वास्थ्ययस्तो छ रातमा धेरै पिसाब लाग्ने कारण

यस्तो छ रातमा धेरै पिसाब लाग्ने कारण

काठमाडौं: जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिसाब गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक हुन्छ ।

यो समस्यालाई नोक्चुरिया भनिन्छ । यसले मानिस ६० वर्ष कटेपछि बढी प्रभावित पार्छ । यसबाट पीडित मानिसको निन्द्रा विग्रन्छ र मानिसको जीवनलाई समेत प्रभावित गर्छ ।

यो अध्ययन तीन सय भन्दा धेरै मानिसमा गरिएको थियो । शोधकर्ताले अध्ययनका क्रममा जसले नूनको मात्र कम गरेका छन् उनीहरुलाई रातिको समयमा पटक पटक पिसाबका लागि उठ्न पर्ने समस्याबाट हल मिलेको छ । बेलायतका डाक्टरका अनुसार पनि सही खानपानले यस समस्यालाई कम गर्न सकिन्छ ।

नागासाकी विश्वविद्यालयका डाक्टरहरुले आफ्नो अध्ययनको नतिजालाई लण्डनको यूरोपियन सोसाइटी अफयूरोलोजीमा प्रस्तुत गरेका थिए । अध्ययनका क्रममा जो धेरै नूनको प्रयोग गर्छन उनीहरुलाई विरामीको रुपमा तीन महिनासम्म निगरानी गरिएको थियो ।

उनीहरु निन्द्राको समस्याबाट पीडित बनेका थिए । उनीहरुलाई खानपानमा नूनको मात्र घटाउन लगाइयो । यसपछि रातमा पटक पटक उठ्नु पर्ने बाध्यताबाट केही मात्रमा भए पनि छुटकारा भयो ।

अध्ययनमा संलग्न मात्सुओ तोमोहिरोले यसको पुष्टि गरे र यसका लागि थप अनुसन्धान जरुरी भएको बताए । उनले यसबाट बुढ्यौलीमा हुने समस्या हल हुने जनाए ।

उनले आहारमा हेरचाह गर्ने हो भने जीवनका कयौं मामलालाई ठिक रुपमा अगाडि लान सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img