माघ महिना नजिकिएसँगै बजारमा तरुलको माग बढ्न थालेको छ । विशेषत : माघे संक्रान्तिको अवसरमा तरुलको खपत बढि हुन्छ । सो दिन माटोमूनि फलेको फल खानुपर्ने मान्यता अनुसार बजारमा तरुलको बिक्रि बढेको पाइन्छ ।
तरुलको तरकारी कसलाई पो नमीठो हेाला र ? तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो ।
निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो ।
तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।
तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।
तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ ।
तरकारी र उसिनेर खाने सकिने तरुलको फाइदा यसप्रकार छन् ।
- तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुनाले शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ ।
- छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि पनि तरुल राम्रो हुन्छ ।
- तरुलमा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि उपयुक्त मानिन्छ ।
- तरुलमा भिटामिन बी– ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्याबाट जोगाउँछ ।
- यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
- तरुल खानाले मस्तिष्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउँछ ।