Sunday, January 19, 2025
समाजटेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

भोजपुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’’ भन्ने मुलनारकासाथ लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको हो ।

र्यालीपछि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा यहाँका नौ ओटै वडाका वडा अध्यक्ष ,स्थानीयहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई समाजमा भईरहेको लैङ्गिक हिंसाका बारेमा जानकारी दिनुका साथै हिंसा भएमा कसरी कानूनी उपचार खोज्ने भन्ने विषयमा जानकारी दिइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा हुने हिंसा न्यूनिकरण गर्नमा सबैले भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो ।405499807tamke1

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले न्यायिक समितिमार्फत यस्ता न्यूनीकरणमा गाउँपालिकाले भूमिका खेलिरहेको बताउनु भयो । स्थानीयमा सचेत बनाउन विभिन्न खाले सचेतनामूलक कार्यक्रमसमेत गाउँपालिकाको तर्फबाट सञ्चालन गरिरहेको उहाको भनाइ छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना व्यक्त गर्दै समाजमा अझैपनी महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएकाले यसको न्यूनिकरणमा सवै एकजुट भएर लाग्न आवाश्यक रहेको धारणा राख्नु भयो ।

समाजमा भईरहेको लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिनुभयो ।

२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा ९ जना स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा इलाका प्रहरी अन्नपूर्ण, गाउँपालिकाको स्वास्थ्य शाखा र पञ्जीकरण विभिन्न खाले हिंसासँगै हिंसा भएमा हुने कानुनी उपचारको बारेमा सहभागीहरुलाई जानकारी दिए ।IMG 20231206 131555

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img