Friday, May 16, 2025
समाजगाउँमै आँखाको निःशुल्क उपचार पाएपछि स्थानीय हर्षित
spot_img

गाउँमै आँखाको निःशुल्क उपचार पाएपछि स्थानीय हर्षित

spot_img

धनगढीमाई – लामो समयदेखि आर्थिक कारणले आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीयहरु गाउँमै निःशुल्क आँखाको उपचार पाउँदा हर्षित भएका छन् ।

धनगढीमाई नगरपालिका र तिलगंगा आँखा अस्पताल, काठमाडौँको सहकार्यमा लामो समयदेखि आर्थिक कारणले आँखा उपचार गर्न नसकेका स्थानीयहरुले पालिकामै निःशुल्क उपचार पाएपछि खुशी व्यक्त गरेका छन् ।

धनगढीमाई नगरपालिकाले तिलगंगा आँखा अस्पताल, काठमाडौँसँगको सहकार्यमा गत १० दिनदेखि पालिकाका प्रत्येक वडामा मोतिया बिन्दु भएका बिरामीका लागि शिविर सञ्चालन गरेपछि स्थानीय खुशी भएका हुन् । मोतिया बिन्दुको शल्यक्रियापछि दृष्टिमा सुधार आएको र ज्योती फर्केकोमा वडा नं ५ का ७३ वर्षीय बुद्धिलाल महतो खुशी व्यक्त गरे।

साथै, ८० वर्षीया जलेश्वरी देवी कामतीले पनि उपचारपछि आफ्नो दृष्टिमा सुधार आएको र पालिकाले राम्रो काम गरेको बताइन् । वडा नं. १० का ५७ वर्षीय लोकबहादुर मगरले पनि ३ वर्षअघिदेखिको मोतिया बिन्दु समस्याको निःशुल्क शल्यक्रिया गरिएकोमा खुशी व्यक्त गरे।

एक साताभन्दा लामो समय चलेको शिविरमा ५२४ जनाको निःशुल्क आँखा शल्यक्रिया गरिएको जानकारी दिइएको छ। यसका लागि तिलगंगा आँखा अस्पतालबाट ४ चिकित्सकसहित २६ सदस्यीय टोली र नगरपालिकाका प्राविधिक जनशक्ति परिचालन गरिएको थियो।

नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रियाका लागि आवश्यक ठाउँ नभएकाले प्रशासनिक भवनमा उपकरण जडान गरी शिविर सञ्चालन गरिएको जानकारी दिइएको छ। तिलगंगा आँखा अस्पतालका अनुसार यस वर्ष २४ हजार मोतिया बिन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img