इटहरी| इटहरी उप-महानगरपालिका २० नम्बर वडा कार्यालय तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र २० नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य केन्द्र इटहरी २० को समन्वयमा तरहराको वडा कार्यालय अगाडि छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय १० जना बढीले सेवा लिएका थिए ।
निःशुल्क डाक्टर सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका व्यक्तिहरूले सेवा लिएका थिए ।
समुदायमा लुकेर बसेका क्षयरोगका बिरामीहरूलाई समुदायमा गएर उपचारको दायरामा ल्याउने पहिचान गरि सकेपछि निदान गर्न शिविर आयोजना गरिएको इटहरी उपमहानगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक पुर्शत्तम निरौलाले बताए ।
२० नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य केन्द्र इटहरी २० को समन्वयमा भएको शिविरले स्थानीय व्यक्तिहरूले सेवा लिएका आधारभूत स्वास्थ्य केन्द्र तरहराका उपेन्द्र शाहले जानकारी दिए ।
शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण, निःशुल्क औषधि, निःशुल्क छातिको एक्सरे तथा निःशुल्क खकार परिक्षण सेवाहरू उपलब्ध गराइएको थियोे ।