Wednesday, February 12, 2025
स्वास्थ्यडेङ्गुको बिरामीलाई राहत: संघीय अस्पतालमा निःशुल्क उपचार

डेङ्गुको बिरामीलाई राहत: संघीय अस्पतालमा निःशुल्क उपचार

काठमाडौं | नेपाल सरकारले संघीय अस्पतालहरूमा डेङ्गु रोगको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो महत्वपूर्ण निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस निर्णयको पुष्टि गर्दै संघीय अस्पतालहरूमा डेङ्गु सङ्क्रमित बिरामीहरूको उपचार निःशुल्क हुने जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा यो निर्णय गरिएको बताए।

यस निर्णयले देशभरका विभिन्न प्रादेशिक अस्पतालहरू समेत समेटिएका छन्। यस अन्तर्गत भद्रपुर, कलैया, जनकपुर, भक्तपुर, सिन्धुली, धौलागिरि, गोरखा, लुम्बिनी, गुल्मी, कर्णाली, दैलेख, सेती र महाकाली प्रादेशिक अस्पतालहरू पर्दछन्।

यो कदमले डेङ्गु सङ्क्रमित बिरामीहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ र रोगको प्रभावकारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस