Thursday, July 17, 2025
स्वास्थ्यजन्मिँदै गर्भवती: नवजात शिशुको पेटभित्र भेटिए आफ्नै जुम्ल्याहा भ्रू

जन्मिँदै गर्भवती: नवजात शिशुको पेटभित्र भेटिए आफ्नै जुम्ल्याहा भ्रू

spot_img

जापान |  चिकित्साशास्त्रकै एक दुर्लभ र रहस्यमय घटनामा, हङकङमा जन्मिएकी एक नवजात शिशुको पेटभित्र दुई भ्रूण पत्ता लागेका छन्। चिकित्सकहरूका अनुसार, जन्मिएकी बालिकाकै पेटमा ती भ्रूणहरू थिए – जुन उनको आफ्नै जुम्ल्याहा दाजुबहिनीको अवशेष हुनसक्ने अनुमान गरिएको छ।

यो अवस्था फिटस-इन-फिटु भनेर चिनिन्छ, जुन एक अत्यन्तै दुर्लभ चिकित्सकीय अवस्था हो। यो अवस्थामा भ्रूणले आफ्नो जुम्ल्याहा भ्रूणलाई गर्भावस्थामै शोषण गर्छ। विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य भ्रूण विकास नभई टेरेटोमा अर्थात् एक प्रकारको ट्युमर मान्ने गरेको छ।

- Advertisement -

जन्मिएका केही दिनमै ती शिशुलाई पेटमा अस्वाभाविक मांस देखिएपछि हङकङको क्वीन एलिजाबेथ अस्पतालमा उपचारको लागि ल्याइएको थियो। माताको गर्भावस्थाको अल्ट्रासाउन्डमा नै ती बच्चाको पेटमा केही असमान्य वस्तु देखिएको थियो तर के हो भन्ने स्पष्ट थिएन।

जन्मपश्चात् तीन साताको उमेरमा गरिएको शल्यक्रियामा चिकित्सकहरूले बालिकाको कलेजो र मिर्गौलाको बीचमा दुई वटा स–साना भ्रूणहरू फेला पारे।

एउटा भ्रूणको तौल ९.३ ग्राम थियो भने अर्को भ्रूण १४.२ ग्रामको थियो। यी भ्रूणहरूमा छुट्टाछुट्टै नाभिनाल र प्लेसेण्टा-जस्तो संरचना समेत रहेको देखिएको थियो, जुन उनीहरू केही समयसम्म जिउँदै थिए भन्ने संकेत दिन्छ।

विशेषज्ञहरूका अनुसार, सम्भवतः ती बालिका ट्रिप्लेट गर्भको हिस्सा थिइन्। तर भ्रूण विकासको प्रारम्भिक चरणमै अरू दुई भ्रूणहरू उनको शरीरभित्र शोषित भए।

पिट्सबर्गका प्रसूति र स्त्री रोग विशेषज्ञ डा. ड्रायन बर्चका अनुसार, “यो ती दुर्लभ तर गम्भीर घटनाहरू मध्येको एक हो, जुन गर्भावस्थाको सुरुआती दिनहरूमा विकसित हुन्छ।”

उनले थपे, “जब भ्रूणलाई प्लेसेण्टाबाट आवश्यक रक्त प्रवाह, अक्सिजन र पोषण उपलब्ध हुँदैन, त्यसको विकास थालिए पनि पूरै पूरा हुँदैन।”

भेटिएको घटना मात्र होइन

२००६ मा पाकिस्तानमा दुई महिनाकी बालिकाबाट यस्तै दुई भ्रूण निकालिएको थियो। २०११ मा अमेरिकामा एक १८ वर्षे युवकको पेटबाट उनको ‘शोषित जुम्ल्याहा भ्रूण’ निकालिएको थियो। त्यस्तै २०१४ मा भारतमा चिकित्सकहरूले ६० वर्षे महिलाको पेटबाट ‘लिथोपेडियन’ अर्थात् स्टोन बेबी  निकालेका थिए ।

चिकित्सकहरूका अनुसार यो घटना‘भेनिसिङ ट्विन सिन्ड्रोम’सँग सम्बन्धित पनि हुनसक्छ, जहाँ जुम्ल्याहा गर्भमध्ये एक भ्रूण विकासको क्रममा हराउँछ वा अर्को भ्रूणले सो भ्रूणलाई आत्मसात गर्छ।

‘फिटस-इन-फिटु’ हुने कारण अझै स्पष्ट छैन। केही वैज्ञानिकहरूले यो भ्रूण विभाजनको असामान्य प्रक्रियाबाट हुने विश्वास गर्छन् भने अन्यले यो भ्रूण विकृति भएको टेरेटोमा भएको तर्क गर्छन्।

यो घटना विज्ञानकै लागि एउटा अनौठो, रहस्यमय र गहिरो अध्ययनको विषय हो। वैज्ञानिक दृष्टिले यो गर्भ विकास प्रक्रिया र भ्रूण समायोजनबारे अझ बुझ्न मद्दत पुर्‍याउनेछ। तर, आम मानिसका लागि भने यो एउटा चमत्कारी, अकल्पनीय घटना बनेको छ।

  • LiveScience, NBC News र विश्व स्वास्थ्य संगठन (WHO) को रिपोर्टहरूलाई आधार बनाई तयार पारिएको रिपोर्ट।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img