Sunday, January 19, 2025
राशिफलयस्तो छ माघ १ गते देखी माघ ७ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ माघ १ गते देखी माघ ७ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ माघ १ गते देखी माघ ७ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहने देखिन्छ। खर्चिलो यात्रा हुनेछ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले काममा पछि परिनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। सप्ताहान्तमा अप्ठ्यारो परिस्थिति सुल्झाउँदै उपलब्धि प्राप्त गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि लक्ष्यप्राप्ति हुनेछ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। तर कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। उत्तरार्द्धमा स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा गुमेको अवसर पुनः प्राप्त हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्राको साइत जुर्नेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुने समय छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयाेग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नैले धोका दिनेछन्। नजिकका साथीभाइसँग दूरी बढ्ने सम्भावना छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको उत्तरार्धमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यो साता अलि संघर्षमय रहला। विद्यार्थीलाई भने उपलब्धिमूलक रहनेछ। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि मंगलवारदेखि भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। सप्ताहान्तमा भने घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा पनि काममा धोका पाइनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा स्राेत–साधन जुट्नाले काम बन्नेछन् र मिहिनेतले उपलब्धि प्राप्त गर्न सकिनेछ। रमाइलाे जमघट र भेटघाटमा मन रमाउनेछ। मंगलवारदेखि विवादास्पद जिम्मेवारी आउन सक्छ। ठूलो भागको आशा राख्दा उही काम दोहोर्याउनुपर्ला। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। तर मिहिनेतीहरूका लागि साता उत्साहजनक नै रहनेछ। सप्ताहान्तमा उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम दोहोर्याउनुपरे पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर सप्ताहान्तमा विवादास्पद जिम्मेवारी आउन सक्छन्। हुलमुल र वादविवादबाट जोगिने प्रयास गर्नुहोला। अध्ययनमा भने प्रगति नै हुनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। तर, धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि ठूलो काम लिएर यात्रा गर्ने साइत जुर्नेछ। साथीभाइ टाढिए पनि शुभचिन्तक भेटिनेछन्। सप्ताहान्ततिर अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। तापनि प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। अध्ययनले उचाइको बाटो समाउनेछ। तारिफयोग्य कामले विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । आम्दानीका स्रोत जुट्नेछन्। अरूको धन उपयोग गरेर पनि फाइदा उठाउन सकिनेछ। भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने मौका मिल्न सक्छ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग आकाशे पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। सामान्य चुनौती देखिए पनि परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी वा दिगो काम प्रारम्भ हुन सक्छ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा स्वास्थ्य कमजोर हुनाले अध्ययनमा बाधा हुनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। हुलमुलका बेला धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तरार्द्धमा सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। अप्ठ्यारो स्थितिमा सुधार आउनेछ भने गुमेको स्थान प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १, र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img