माघ १५ गते देखी माघ २१ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। बीचकाे समयमा बढी श्रम गर्नुपर्ला। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। तर उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुनेछ। मानसम्मान प्राप्त भए पनि वादविवादमा परिने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला। सत्कर्ममा जुट्नेहरूलाई भने फाइदै हुनेछ। सप्ताहान्तमा आफन्तजन टाढिन सक्छन्। रमाइलो यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा आरम्भ गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा खर्च बढ्नेछ भने अर्थ अभाव पनि देखापर्नेछ। केही चुनौती आउन सक्छन्। साेमवारदेखि स्थितिमा सुधार आउनेछ र नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो पनि आउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। रमाइलाे जमघटमा सहभागी भइएला। बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। मान-सम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ। सप्ताहान्तमा व्यापार–व्यवसायमा फाइदा हुनेछ। वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग पनि छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यापारमा फाइदा हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। बुध, बिही र शुक्रवार भने सरसापटमा धन बाहिरिन सक्छ। सोख पूरा गर्नलाई पनि खर्चिलाे काममा हात हाल्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने समय छ। आफन्तबाट टाढिनुपरे पनि भविष्यको मार्गचित्र कोर्न सकिनेछ। सप्ताहान्तमा साथीभाइसँग भेटघाट हुनेछ। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा खैरो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। व्यापार बढ्नाले राम्रै फाइदा हुनेछ। लाभांशकाे केही प्रतिशत भने अरूका लागि खर्चनुपर्ला। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिनेछन्। केही खर्च लागे पनि समयमै उपलब्धि हातपार्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा केही काम राेकिए पनि जिम्मेवारी बढ्नेछ। अरूका लागि समय खर्चनुपर्ला। बिस्तारै उपलब्धि प्राप्त हुनेछ। साेमवारदेखि चिताएको काम पनि सम्पादन हुनेछ। राेकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले पनि फाइदै दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। बुधवारदेखि भने खर्चिलाे काम सम्हाल्नुपर्ने अवस्था रहनेछ। आम्दानी बढ्नेछ तर लाभांश सञ्चय गर्न नसकिएला। अधिक खर्च धान्न केही सरसापट लिनुपर्ला। यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भ केही खर्चिलो रहनेछ। स्वास्थ्य पनि कमजोर रहनेछ। अवसरवादीहरू जुर्मुराउनेछन्। काम बिग्रने डरले सताउन सक्छ। साेमवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफन्तकाे समस्यास्याले बीचमा अलमल्याउन सक्छ। तापनि आँटेको काम बन्नाले मनग्य फाइदा उठाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा रमाइलो यात्राको साइत जुर्न सक्छ। व्यापार बढ्नाले राम्रै फाइदा हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सोमवार र मंगलवार भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ र अर्थ अभाव [देखा पर्नेछ। आँटेको काम रोकिन सक्छ। बुधवारदेखि पुन: स्थितिमा सुधार आउनेछ भने भाग्यले पनि साथ दिनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अवसरले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा मान-सम्मान प्राप्त हुने समय छ। तर सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र विविध झमेला आइपर्ने सम्भावना छ। बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा काम रोकिन सक्छ। अध्ययनमा भने राम्रै प्रगति गर्न सकिनेछ। सोमवारदेखि आर्थिक स्थितिमा सुधार आउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्।तर, आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। व्यवसायमा नियमित फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेशसम्मै रमाइलो यात्राको साइत जुर्नेछ। मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त समय पर्खनुहोला। सप्ताहान्तमा स्वास्थ्यका लागि अलि सजग रहनुहोला। यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। सोमवारदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। बुधवारदेखि प्रतिस्पर्धीहरूले अवरोध गर्न सक्छन्, योजना गोप्य राखेर अघि बढ्नुहोला। सप्ताहान्तमा व्यापार बढ्नेछ। आँट र प्रतिभाले अरूलाई उछिन्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुनेछ। उद्याेग र व्यापारमा फाइदा हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। मिहिनेत गर्दा चिताएका काम सजिलै सम्पादन हुनेछन्। सोमवार र मंगलवार घरेलु समस्यामा अलमल हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। साताको उत्तरार्धमा परिस्थिति अनुकूल बन्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ र मिहिनेतले मनग्य फाइदा दिलाउनेछ। कामले नाम र दाम पनि दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो र रातो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोलीको प्रभावले फाइदा दिलाउनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। वादविवादबाट टाढै रहनुहाेला। केही खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा पूरा नहुन सक्छ। सप्ताहान्तमा भने परिवारमा असमझदारी बढ्न सक्छ। फाइदाका लागि आफ्ना विशेष योजना सार्वजनिक नगर्नुहोला। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।