काठमाडौं : तपाईको माघ फागुन कस्तो रहनेछ हेर्नुहोस् मासिक राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो महिनामा गरिएको कर्मसाधनाले लक्ष्यमा पुर्याउनेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। लामाे समयदेखि राेकिएका काम सम्पादन हुनेछन् र नयाँ कामसमेत थालनी हुनेछ। व्यापार बढ्नेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुने समय छ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। विदेश ताक्नेहरूलाई यात्रा तथा उत्तम रोजगारीको अवसर जुट्नेछ। पेसा–व्यवसायमा आम्दानी बढाउने समय छ। फसेकाे रकम हातलागी हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। भौतिक साधन तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन्। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयाेग्य काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ। महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने बलियाे सम्भावना देखिन्छ। उद्याेगीहरूकाे उत्पादन र व्यापारले नयाँ गति लिनेछ। स्थापित पेसा–व्यवसायमा राम्राे फाइदा हुनेछ। नवप्रवेशीहरूका लागि व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ। उठ्नुपर्ने रकम हातलागी हुनाले आर्थिक पक्ष सबल बन्नेछ। विशिष्ट व्यक्तिहरू सहयाेगीका रूपमा उपस्थित हुनेछन्। आफ्नाे वर्ग वा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले सम्मानित अवसरसमेत दिलाउन सक्छ। यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व देविको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश केही बाध्यतामा परिए पनि नयाँ काममा जग बसाउने अवसर जुट्नेछ। अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले पनि केही काम बिग्रन सक्छ। समयमा सक्रिय नबन्दा सहयोगीहरू अलमलिनेछन्। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। समय लागे पनि काम दोहोर्याउँदा विशेष लाभ हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। स्थापित पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। अध्ययन र धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। महिनाको उत्तरार्धमा नयाँ जिम्मेवारी पाइनेछ। नोकरी तथा राजनीतिमा पनि अवसर पाइनेछ। पहिलेकाे उपलब्धि प्राप्त हुनाले जीवनशैलीमा परिवर्तन आउनेछ। यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो महिना केही संघर्षमय रहनेछ। समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित भइनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ, सजग रहनुहोला। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। व्यवसायमा मन्दी आउनाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ–सहयाेग नपाइएला। अर्थ अभावले यात्रा रोकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र सञ्चित रकम पनि खर्च हुनेछ। शुभचिन्तकहरू टाढा हुनेछन् र भ्रष्ट व्यक्तिहरू नजिकिनेछन्। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ व्यवसायतर्फ लगानी गर्न केही समय पर्खनुहाेला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी केही अशान्त रहनेछ। तापनि समग्रमा यो महिना मध्यम शुभफलदायी रहनेछ। स्थापित पेसा–व्यवसायमा फाइदा हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर पनि बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि पेसा–व्यवसायमा नयाँ कार्य थालनी हुने समय छ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, सरकारी कामकाजमा विलम्ब हुनेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहुनुहोला। यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ अवसर प्राप्त हुनाले महिना उत्साहवर्धक रहनेछ। आवश्यक स्रोत–साधन जुट्नाले सजिलै काम सम्पादन हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनाले आर्थिक पक्ष सबल बन्नेछ। महिनाको अन्त्यतिर केही व्यवधान र चुनौती आउन सक्छन्, उपलब्धि जोगाउन सजग रहनुहोला। यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजाेर हुनाले नियमित काम राेकिन सक्छ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउनेछ। मौसमी समस्याले समेत सताउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। नयाँ कामका लागि नयाँ सहकर्मी पनि फेला पर्नेछन्। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम सम्पादन हुनेछ। अध्ययनमा गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सहयोगीहरू जुट्नाले यथासमयमा काम गर्न सकिनेछ। यन्त्र, औजार, उपकरण आदि जुटाउन सकिनेछ। सन्तान र सहयाेगीका माध्यमबाट सुखप्राप्ति हुनेछ। यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोह गर्नुपर्ला। सत्यको पक्षमा उभिँदा आफन्तसमेत टाढिन सक्छन्। भोग–विलासकाे आकांक्षाले फजुल खर्च निम्त्याउनेछ। धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहनेछन्। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति हुने सम्भावना छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा माैसमी समस्या देखिएलान्। प्रवासमा हुनेहरूलाई घर–परिवारको चिन्ताले सताउन सक्छ। पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। साझेदारीमा वादविवाद आउनाले पहिलेकाे सम्झाैता टुंगिन सक्छ। परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। स्रोत–साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। आफ्नाे क्षेत्रमा मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले आर्थिक समस्या सुल्झाउन सकिनेछ। यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। आर्थिक क्रियाकलापमा पनि मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। दोहोर्याएर गरेको काम भने सम्पादन हुनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति गर्ने मौका छ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कमजोर बन्नेछ। घर–परिवारमा असमझदारी बढ्न सक्छ। कामको चापले थकान र कमजोरी निम्त्याउनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। परिस्थितिवश यात्रा रोकिन सक्छ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउने प्रयत्न गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यस महिनामा केही चुनौती देखिए पनि आत्मविश्वासले काम लिन सकिनेछ। पित्तदोष, ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले स्वास्थ्य भने कमजोर रहला। तापनि अध्ययनमा प्रगति हुनेछ र लेखनकलामा निखारता आउनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। समाजका अगुवासँग सहकार्य हुन सक्छ। आयस्रोत सबल बन्नाले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सकिनेछ। तर, ठूलो काम आँट गर्दा दुःख पाइनेछ। परिस्थितिवश आफन्तबाट टाढा भइनेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष भइरहनेछ। पूर्वाधार कमजोर हुनेहरूलाई व्यावहारिक चुनौती आइपर्नेछन्। तापनि, मेहनत गर्दा धेरै काम सम्पादन हुनेछन्। यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययन नगरी खर्चिलो काम थाल्नाले समस्या देखापर्नेछ। अज्ञानता र बलजफ्तीले काम बिग्रन सक्छ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा आलोचित भइनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। व्यवसायमा मन्दी आउनाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। पहिले आशा देखाउनेहरूले अप्ठ्यारो समयमा झुक्याउन सक्छन्। हठ गर्ने बानीले पारिवारिक असमझदारी निम्त्याउनेछ। पेसा र व्यापारमा मन्दी आउन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। प्रयत्न गर्दा नियमित काम भने सम्पादन हुनेछन्। खर्च लागे पनि देश–विदेश यात्रा गर्ने साइत जुर्न सक्छ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउन सकिनेछ। यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।