चैत्र १२ गते देखी चैत्र १८ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
- नेपाली पात्रो
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साता उत्साहवर्द्धक रहनेछ। बोलीको माध्यमले काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। आँट गर्दा काम सम्पादन हुनेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तसँगको भेटघाटले साता उत्साहवर्धक रहनेछ। आँट र मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। रमाइलो जमघट र खानपानको आनन्द प्राप्त हुनेछ। पुरुषार्थी कामको यश लिने अवसर प्राप्त हुनेछ। आकर्षक पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्तिकाे तारिफ गर्नेहरू प्रशस्तै हुनेछन्। लामाे प्रतीक्षा गरिएको उपलब्धि सजिलै प्राप्त हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। रकम जोहो गर्न सरसापट लिनुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। तर प्रतीक्षा गरिएको नतिजा कमजाेर आउन सक्छ। जटिल कामको जिम्मेवारी प्राप्त हुनेछ। नयाँ काममा हात हाल्न उपयुक्त साइत पर्खनुपर्ला। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। राेकिएकाे काम सम्पादन हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। सहयोग र सरसापटमा केही रकम भने बाहिरिन सक्छ। मंगल, बुध र बिहीवार खर्च बढ्नुका साथै अधिक रकम आवश्यक पर्न सक्छ। तापनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ। सोखले खर्च निम्त्याए पनि पछिका लागि सामान जोहो गर्ने समय छ। सप्ताहान्तमा भविष्यको मार्गचित्र कोरिनेछ। तारिफयोग्य कामले चाँडै लोकप्रियता दिलाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ काम गर्न उत्साहित भइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। पछिका लागि लगानी गर्नुपरे पनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा आफन्तसँग केही टाढा भइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्। यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजाेर रहे पनि कामको दायित्व बोझिलाे हुनेछ। साताभरि संघर्ष र चुनाैतीका शृंखला देखिए पनि बीचमा प्रशस्त फाइदा हुनेछ। सुरुमा अरूको स्वार्थमा उपयोग भइएला। धनमाल हराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले पनि उत्साह जगाउनेछ। राेकिएका काम बन्नाले आयस्राेत पनि सबल बन्नेछ। सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। व्यापार बढ्नेछ र नयाँ जिम्मेवारी समेत हातपार्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। पेसा–व्यवसायमा राम्राे फाइदा हुनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। तर मंगलवारपछि अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। माैसमी राेग वा चोटपटकको योग देखिएकाले अलि सावधान रहनुहाेला। अर्थ अभावले पनि सताउनेछ। सप्ताहान्तमा धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। मिहिनेतले अप्ठ्यारो परिस्थिति सुल्झाउन सफल भइनेछ। तर खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग घिउ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साताकाे प्रारम्भ उपलब्धिमूलक रहनेछ। शत्रु परास्त हुनाले नयाँ अवसर प्राप्त हुनेछ। आफन्तकाे साथ–सहयाेग नजुटे पनि जुझारु कार्यशैलीले उपलब्धि हातपार्न सकिनेछ। बिहीवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। तर, मंगलवारदेखि विवादास्पद जिम्मेवारी आउनेछन्। झूटा आराेप लाग्ने र शुभचिन्तकहरूले साथ नदिने सम्भावना रहनेछ, सतर्क रहनुहाेला। परिस्थितिले खर्च बढाउनेछ भने अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ।सप्ताहान्तमा स्वास्थ्य कमजोर रहनेछ। धनमाल बाहिरिनेछ भने अर्थ अभावले सताउन सक्छ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पेसा र अध्ययनमा सफलता प्राप्त हुनेछ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा पनि फाइदा हुनेछ। कर्मयाेगले सफलताकाे उचाइमा पुर्याउनेछ। नयाँ कार्य थालनी हुन सक्छ। प्रतिस्पर्धीहरू स्वतः पछि पर्नेछन्। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। व्यापार र उद्योगमा सामान्य फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन्। नयाँ याेजना थाल्ने अवसर छ। प्रियजनसँग भेटघाट हुनेछ। सप्ताहान्तमा भने केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। मंगलवारदेखि स्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले काम बन्नेछ, व्यापार बढ्नेछ र फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग कलेजी वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवार र बुधवार भने पारिवारिक असमझदारी देखिन सक्छ। चिताएको काम बीचमा राेकिन सक्छ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।



