राशिफलहेर्नुस जेठ महिनाको राशिफल
spot_img

हेर्नुस जेठ महिनाको राशिफल

जेठ महिनाको राशिफल:

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ):
स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर मान–सम्मान प्राप्त गर्न सकिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। आर्थिक लेनदेनले भने वादविवाद निम्त्याउन सक्छ। खराब चरित्रका व्यक्तिहरूसँगको संगतले घरमा अशान्ति, आफन्तमा मतभेद, आलोचना र अर्थहानि जस्ता समस्या पनि देखा पर्नेछन्। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा पेट, आँखा र दाँत सम्बन्धी समस्या आउने सम्भावना छ। गर्मीले निम्त्याउने मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कूल देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ):
जेठ महिनामा कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्, उत्साहित भैनेछ  । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी राम्रै होला । सम्मान समेत पाईदा खुसी भैनेछ । नयाँ वस्त्र, उपहार र अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ। पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। समाजका अगुवासँग सहकार्य गर्दै सामाजिक कामको नेतृत्व लिने समय छ। विद्यार्थीहरूको लेखन र अभिव्यक्तिकलामा निखारता आउनेछ। यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ):
महिनाको सुरुमा नसोचेको समस्या आइपर्न सक्छ, काम रोकिने र खर्च बढ्ने सम्भावना छ। बोलीको उल्टो अर्थ लाग्न सक्छ, बोलीमा ध्यान पुर्याउनुपर्ने देखिन्छ । कामको बोझले मन पनि बोझिलो हुनेछ। व्यापार खस्किनाले आयस्रोत कमजोर बन्न सक्छ। अगुवा, नेता र ठूलो आशा देखाउनेहरूको भर नपर्नु होला । जोशभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला, बिस्तारै समस्या समाधान हुने छन । तत्काल लाभ नभए पनि पछि फाइदा हुने काम गर्न थालनी गरिने छ । रोकिएका काम महिनाको उत्तरार्ध लागेपछि सम्पादन हुनेछन्। अड्किएको रकम पनि पछिल्ला दिनमा प्राप्त हुनेछ। विद्यार्थीकारूको अध्ययन र लेखनमा सुधार आउनेछ। अरूको विचारमा सहमत बन्न नसके पनि वादविवादबाट टाढै बस्नुहोला। । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व शंकर भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):
जेठ महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। आवश्यक उपकरण, सवारीलगायत विभिन्न भौतिक साधन जुटाउने समय छ। गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। यो महिनामा सूर्यको गोचरले भाग्य वृद्धि र शक्तिशाली बनाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ):
जेठ महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अड्किएको रकम पनि हातलागी हुनेछ। तर अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। काममा अरूको भरपर्दा आफ्नो गोपनीयता बाहिरिन सक्छ। नयाँ योजना अघि बढाउन नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सफल भइनेछ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नाले धेरै समस्या समाधान हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने कर्मयोगले पनि उचाइको बाटो समाउनेछ।  यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खरानी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):
यो महिनामा तुला राशिलाई त्यति राम्रो फल मिल्नेछैन ।केही काममा वैधानिक हस्तक्षेप समेत हुन सक्छ। भ्रष्ट व्यक्तिहरूले दुःख दिनेछन्। उधारोमा व्यापार गर्नुपर्ने परिस्थिति रहनेछ। आयमूलक काम रोकिनाले आर्थिक मन्दी आउने सम्भवना छ। तर राजनीतिक प्रभाव कमजोर देखिए पनि सामाजिक समर्थन प्राप्त हुनाले काममा जोश–जाँगर बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):
यो महिनामा सामाजिक प्रभाव कमजोर बन्नेछ। बोली–व्यवहारले अरूको मन जित्न नसक्दा साथीभाइ र शुभचिन्तकहरू असन्तुष्ट बन्नेछन्। आलस्य गर्ने प्रवृत्तिले काम ठप्प हुने र आर्थिक क्रियाकलापमा मन्दी आउने सम्भावना छ। सहयोगी र साझेदार पनि टाढिन सक्छन्। घर–परिवारमा असमझदारी बढ्न सक्छ।  रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,३ र शुभ रङ्गे कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ):
यो महिनामा मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको सफलताको राम्रो सम्भावना छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ । चिताएको काम बन्नाले महिना उत्साहवर्धक रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। प्रतिस्पर्धाको दौडमा सजिलै अग्रस्थान हासिल हुने समय छ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ अवसर पनि प्राप्त हुनेछन्।  यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मी नारायणको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ):
यो महिनामा सानो प्रयासले ठूलो अवसर दिलाउनेछ। तर, स्रोत–साधन जुटाउन समय लाग्नेछ। केही दौडधुप गर्नुपरे पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। धेरै आर्जन गर्न नसकिए पनि दिगो काम थालनी हुनेछ। निर्वाहमूलक पेसा–व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुपालनमा विशेष फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। प्रयत्न गर्दा घरमै बसेर राम्रो आम्दानी हातपार्न सकिनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। लेखन कलामा पनि सुधार ल्याउने प्रयत्न गर्नुहोला, क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान दिनुहोला। पतिपत्नीमा असमझदारी बढ्न सक्छ, सजग रहनुहोला। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):
परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा नियमित सहयोगीहरू समेत अलमलिन सक्छन्। विद्यार्थीहरूको ध्यान केन्द्रित नहुनाले अध्ययन कमजोर बन्नेछ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । १७ गतेबाट लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ):
विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। तारिफयोग्य काम गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूलाई पनि उछिन्न सकिनेछ। जेठ महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img