अर्थ व्यापार६ महिनामै पुल तयार गर्ने कम्पनीले पाएन भुक्तानी

६ महिनामै पुल तयार गर्ने कम्पनीले पाएन भुक्तानी

काठमाडौं: नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ मा पक्की पुल सफलतापूर्वक निर्माण गरिएको छ । खरानीटार र उर्लेनीको सीमा जोड्ने पक्की पुलको ६ महिनाअघि निर्माण कार्य सुरु भएको थियो ।

८ दशमलव ४ मिटर चौडाइको ४१ मिटर लम्बाइको पुलको गत शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका थिए ।

निर्माण कम्पनी जयविष्णु निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच असार ३०, २०७९ मा पुल २४ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

साउन १ गते निर्माण सुरु गर्ने तालिका रहेपनि विभिन्न कारणले आयोजनाको काम कार्तिकमा सुरु गरिएको थियो । निर्माण कम्पनीले २४ महिनाभित्र काम सम्पन्न गर्ने भनिए पनि ६ महिनामा काम सम्पन्न गर्न सफल भएको छ । पक्की पुल निर्माणले यातायातमा सहजता हुने भएकाले स्थानीयवासीमा उत्साह छाएको छ ।

पुल निर्माणको ठेक्का ६ करोड ९९ लाख ३९ हजार रुपैयाँमा भएको थियो । पुलको काम चाँडो सम्पन्न भए पनि निर्माण कम्पनीले पूरा भुक्तानी पाएको छैन ।

हाल, पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई पुलको भुक्तानी पूरा गर्न रु ५ करोड ६२ लाख ६० हजार रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img