असार २४ गते देखी असार ३० गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साताको आइतबार र सोमबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा खरानी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मङ्गलबारदेखि बिहिबारसम्मको समयमा भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । शुक्रबार देखि चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ । यो साताको शुक्रबार र शनिबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, अनावश्यक विवादमा फस्न सकिने रहेकाले ध्यान दिनुपर्ने रहेको छ। यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग बैजनी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो साता उत्तम रहेको छ । नवम भावमा चन्द्रमाको गोचरबाट साताको सुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाई पनि यो साता राम्रो रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मङ्गलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ। राम्रो आर्थिक लाभको अवसरहरु पनि प्राप्त हुनेछन्। धेरै समय रोकिएका कामहरु बन्नेछन्। प्रेम जीवन सुखद् रहनेछ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्। मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट उचित सहयोग मिल्नेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ । मङ्गलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खरानी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन् । यो साता व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्यतिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साताको तुलनात्मक रुपमा शुक्रबार र शनिबार कमजोर दिन रहेका छन् । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तानबाट सुख प्राप्त हुनेछ । त्यसैगरि धनको बचत हुनेछ । विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । आकस्मिक धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग निलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मङ्गलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन् । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । पारिवारिक जीवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धीलाई चुनौती दिन सक्नुहुनेछ। घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृदेवलाई स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्नेहरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मङ्गलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्। पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन्। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन। व्यवसायका लागि यात्राको सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।