Thursday, October 10, 2024
राशिफलहेर्नुहोस् असाेज महिनाको राशिफल

हेर्नुहोस् असाेज महिनाको राशिफल

spot_img

२०८० असाेज महिनाको राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार मासिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको यो महिना कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिलाई असोज महिना निकै उपलब्धिमूलक रहनेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ प्राप्त गर्नेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। प्रतिस्पर्धाबाट भाग्योदय हुनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। प्रतिस्पर्धाबाट भाग्योदय हुनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत फेलापार्न सकिनेछ। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुने समय छ। नियमित आम्दानी बढ्नाले पुरानो कर्जा, सापटी घटाउन सकिनेछ। अध्ययनमा सफलता मिल्ने समय छ। कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट पञ्चम भावमा हुनेछ। यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा विद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडी परिनेछ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ ।स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ। गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ। आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । महत्त्वाकांक्षाले पछिका लागि आर्थिक जोखिम निम्त्याउन सक्छ। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। घरको असहज परिस्थिति र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। बाहिरी काम रोकेर पनि घरका लागि समय छुट्याउनुपर्ला। केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। पेसा–व्यवसायमा नयाँ काम थाल्न समस्या पर्नेछ। व्यापार, कृषि र पशुपालनमा पनि केही समस्या आउन सक्छन्। नोकरीमा अरूको दबाब झेल्नुपर्ने परिस्थिति रहनेछ। अध्ययनमा थोरै समय दिन सकिनेछ। तत्काललाई केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ। यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्राहरु फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ। तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिलाई असोज महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त हुनेछ। केही विवादास्पद जिम्मेवारी आउनेछन्। आलोचकहरूले समय–समयमा दुःख दिनेछन्। यात्रा र किनमेलमा अधिक खर्च हुनेछ। वाणीको लय कठोर बन्नाले सहयोगीहरू टाढिन सक्छन्। विशेष काममा स्वयं जुट्नुपर्ने परिस्थिति आउन सक्छ। तर परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाब सुल्झाउन सकिनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिना सुर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ। यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा वृद्धि हुनेछ । पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ। आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ जसले तपाईंमा अहंकार को भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ। यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट एघारौँ भावमा हुनेछ। तपाईंका लागि यो समय राम्रो रहन सक्छ । व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले भने वादविवाद निम्त्याउन सक्छ। भौतिक साधनमा क्षति पुग्न सक्छ। पछिल्ला दिनमा खर्च बढ्नेछ र आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ। व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ। त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन। विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन्। घर ,जग्गाबाट लाभ मिल्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img