समाजअविवाहित महिला र पुरुषलाई पनि भत्ता

अविवाहित महिला र पुरुषलाई पनि भत्ता

काठमाडौं: गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रम अन्तर्गत साउन महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविवाहित भएको प्रमाणित पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, २ प्रति फोटो, बैङ्क खाता नम्बर र चेक बुकको प्रतिलिपिसँगै आमा बाबुको नाम र मोबाइल नम्बरसहित निवेदन पेस गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img