Monday, January 13, 2025
राशिफलमङ्सिर १० गतेदेखी १६ गतेसम्मको साप्ताहिक राशिफल

मङ्सिर १० गतेदेखी १६ गतेसम्मको साप्ताहिक राशिफल

२०८० मङ्सिर १० गतेदेखी १६ गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । रमाइलो भेट र खानपानको आनन्द प्राप्त हुनेछ। साेमवारदेखि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बोलीको प्रभावले काम बन्नेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। पहिलेको कर्मफल हातलागी हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिका लागि यो साता चन्द्रमाले द्वादश, प्रथम र द्वितीय स्थानको गोचर गर्नेछन । कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । विदेश ताक्नेहरूलाई यात्राकाे साइत पनि जुर्न सक्छ। सोमवारदेखि भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ। मनपर्ने वस्तु, उपहार हातलागी हुनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। व्यापार बढ्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउनेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अग्रज जनाको आशीर्वाद लिई कार्य गर्नाले सफलता मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिका लागि यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईको एकादश, द्वादश र प्रथम स्थानमा गोचर गर्नेछन । तर साेमवारदेखि धन बाहिरिनाले काममा समस्या पर्न सक्छ। आवश्यकता पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। बुधवारपछि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। घरखर्च बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिकूल स्वास्थ्यका बाबजुद आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। व्यापारमा फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक लाभ र सफलता हात पर्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, र दशम स्थानमा गोचर गर्नेछन । समग्रमा कर्कट राशिका लागि यो साता मिश्रित रहेको छ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयस्राेत सबल बन्नाले नयाँ काम गर्न अग्रसर भइनेछ। व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। बुधवारदेखि लाभांशकाे केही प्रतिशत भने अरूका लागि खर्चनुपर्ला। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिनेछन्। खर्च लागे पनि दिगाे काममा लगानी गर्ने समय छ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। सप्ताहान्तमा रमाइलाे भेटघाट हुनेछ। असन्तुलित खानपानले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ, सजग रहनुहाेला। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व क्ष्म्मीनारायणको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता चन्द्रमाले तपाईको राशिबाट सप्तम स्थान, अष्टम, र नवम भावको गोचर गर्नेछन् । तपाईका लागि साताको शुरुवातका दिनमा साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। साेमवार र मंगलवार अप्ठ्यारा कामको बोझ थपिन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले काम बिगार्न सक्छन्, सावधान रहनुहोला। बिहीवारदेखि व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ, आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। केही खर्च लागे पनि सप्ताहान्तमा यात्राकाे साइत जुर्न सक्छ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग कालो सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता मिश्रित रहेको छ । प्रारम्भ केही खर्चिलो रहनेछ। स्वास्थ्य पनि कमजोर रहनेछ। काम बिग्रने डरले सताउन सक्छ, शुभचिन्तकहरूकाे सहयाेग जुटाउनुहाेला। साेमवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले पनि उत्साह जगाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। सप्ताहान्तमा आयस्राेत सबल बन्नेछ। व्यापारमा पनि फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट पञ्चम , षष्टम र सप्तम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । केही विवाद भए पनि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। तापनि मिहिनेतले स्थितिमा सुधार आउनेछ। बुधवार र बिहीवार भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले राेकिएकाे काम पनि सम्पादन हुनेछ। तारिफयाेग्य काम गर्दै सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो साता चन्द्रमाले तपाईको राशिबाट चतुर्थ, पञ्चम र षष्टम भावमा गोचर गर्नेछन् । आइतबार र सोमबार घरपरिवारका कारण केहि चिन्ता बढनेछ । तापनि मिहिनेतले अवसर दिलाउनेछ र प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। श्रम परे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बुधवार र बिहीवार भने परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। तापनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र थालेकाे काम सम्पन्न हुनेछ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो साता चन्द्रमाले तपाईको राशिबाट तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन् । यो साता तपाईको साहस तथा पराक्रम बढ्नुका साथै हरेक कार्यमा आत्मविश्वास उच्च रहनेछ । तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ र सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि व्यापार र उद्योगमा लाभ उठाउन सकिनेछ हुनेछ। मन मिल्ने साथी भेटिनेछन्। पेसा–व्यवसायमा पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा भने स्वास्थ्य कमजाेर हुनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता चन्द्रमाले तपाईको राशिबाट द्धितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन् । यो साता धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । अभिभावक र शुभचिन्तकहरूको सहयाेग जुटाउने प्रयास गर्नुहाेला। सोमवारदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र मेहनतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। आँट र प्रतिभाले अरूलाई उछिन्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। रमाइलो भेटघाट हुनेछ। यात्राकाे अवसर पनि जुट्नेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो साता चन्द्रमाले तपाईको राशिबाट प्रथम, द्धितीय र तृतीय भावको गोचर गर्नेछन् । शिरमा चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। साेमवार र मंगलवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। घरेलु समस्पा सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। बुधवारदेखि पेसा–व्यवसायमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। नयाँ काम शुभारम्भ गर्न सकिनेछ। पुरुषार्थद्वारा दाम समाउने अवसर छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी समेत बढ्नेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिका लागि यो साता चन्द्रमाले तपाईको राशिबाट व्यय स्थान, प्रथम र धन स्थानको गोचर गर्नेछन् । साताको शुरुका दिन आईतबार र सोमबार विना कारण दौडधुप हुन सक्नेछ । बोलीको प्रभावले नाम, दाम र इनाम दिलाउनेछ। सोमवारदेखि केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। अग्रज र सहयाेगीहरूकाे साथ–सहयाेग जुटाउने प्रयास गर्नुहाेला। पहिलेकाे समस्या बढ्नाले अलमल हुनेछ। परिस्थितिवश संघर्षकाे मार्ग राेज्नुपरे पनि पछिल्लाे समयमा स्थिति अनुकूल बन्नेछ। प्रयत्न गर्दा राेकिएकाे काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला, सप्ताहान्तमा व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। धनलाभ हुनेछ। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । र

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img