Friday, June 20, 2025
देशबागमती प्रदेशमानिसलाई आक्रमण गर्ने बाघ निकुन्जको नियन्त्रणमा, फेरी भेटियो अर्को शब

मानिसलाई आक्रमण गर्ने बाघ निकुन्जको नियन्त्रणमा, फेरी भेटियो अर्को शब

spot_img

हेटौंडा: मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघलाई निकुन्जको नियन्त्रणमा लिएको छ । निकुञ्जको टोलीले गएराती बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन तर्फ लगेको मकवानपुर प्रहरीले जनाएको छ ।

बाग खोज्ने क्रममा हात्ति लिएर निस्किएको प्रहरी सहितको टोलिले मानिसको शब फेला पनि पारेको छ ।

-Ads-

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा चितवन राप्ती नगरपालिका वडा नम्बर–१ दुबिचौर बस्ने ४३ वर्षिय हरि पौडेललाई बाघले आक्रमण गरि मृत्यु भए पश्चात त्यस बाघलाई खोज्ने क्रममा एउटा शब फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बाघ खोज्नका लागि चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट सुनाचुरीबाट नेपाली सेनाको टोली र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेन्ज पोष्टबाट टोली खटि गई ४ वटा हात्ती प्रयोग गरी बाघको जोजी गर्ने क्रममा कम्मरको भाग मुनि रहेको, कम्मरको भाग भन्दा माथी हड्डी मात्र रहेको पुरुष ब्यक्तिको शब फेला परेको उनले बताए ।

मुचुल्का पश्चात पोष्टमार्टमका लागि हेटौडा अस्पताल ल्याएको, थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img