Thursday, January 23, 2025
समाजकानेपोखरीमा ट्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु

कानेपोखरीमा ट्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु

मोरङ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका- ७ स्थित सडकमा रोकेर राखेको ट्याक्टरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ ।

आइतबार साँझ प्रदेश १–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरमा पूर्वतर्फ जाँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक झापाको दमक नगरपालिका–५ का ३५ वर्षीय सानेकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर र्पुयाउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

ट्याक्टर र चालक मोरङको उर्लाबारी नगरपालिका–३ का ४३ वर्षीय कर्णबहादुर याक्खालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img