Thursday, June 12, 2025
राशिफलपुष १५ गतेदेखी २१ गते सम्मको साप्ताहिक राशिफल

पुष १५ गतेदेखी २१ गते सम्मको साप्ताहिक राशिफल

spot_img

पुष १५ गतेदेखी २१ गते सम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ।
– मेष राशिको लागि यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले न्यालयसँग सम्वन्धीत काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

-Ads-

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्।
वृष राशिको लागि यो साताको सुरु र अन्तको समय मध्ययम रहेकोले पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिश्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । मंगलवार र बुधवारको समय उत्तम रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ। साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। काम बिग्रने डरले सताउनेछ। 
मिथुन राशिको लागि यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा साहश गरि लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवाढि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भूमिका रहनेछ । मंगलवार र बुधवारको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । विरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहारविहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रारम्भमा आयआर्जनमा कमी आउनाले कर्जामार्फत धन जुटाउनुपर्ला। खर्चिलाे काम थाल्दा अर्थअभाव हुन सक्छ।
कर्कट राशिको यो साता व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मंगलवारबाट घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागी समय अन्यदिन भन्दा मध्ययम रहेकोछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ। रमाइलो यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिस्थितिले अलमल्याए पनि इच्छाशक्तिले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। विभिन्न कामका अवसर प्राप्त भए पनि स्वास्थ्यचिन्ताले भने सताउन सक्छ।
सिंह राशिको लागि यो साता लाभदायक रहेको छ। रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ । आट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेकोछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। 
कन्या राशिको लागि यो साता मिश्रित फल दिने रहेको छ। सोमवारसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । मंगलवारबाट समय उत्तम रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। खट्किएको आवश्यकता पूरा गर्न सकिनेछ।
तुला राशिको लागि यो साताको शुरु र अन्तको समय उत्तम रहेकोले प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । मंगलवार र बुधवारको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । तापनि लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): हिम्मत गर्न नसक्दा काममा विलम्ब हुनेछ। आफ्नैले धोका दिने हुँदा सुरुमा काम राेकिन सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
वृश्चिक राशिको लागि यो साता मिश्रित रहन सक्छ। राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । बिहीबारबाट स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावस्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेकोछ, नराम्रा घटनाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । लगानी डुब्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो र रातो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):  विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ।
धनु राशिको लागि यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । मंगलवार र बुधवारको समय मध्यम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनीतिकर्मिहरुका लागी समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ ।वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग पनि छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। 
मकर राशिको लागि यो साताको शुरु र अन्तको समय मध्यम रहेकोले भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मंगलबार र बुधबारको समय उत्तम रहेकोले लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): अर्थ अभावले काम राेकिन सक्छ। विवादास्पद कामको बोझसमेत थपिनेछ।
कुम्भ राशिको लागि यो साताको सुरु र अन्तको समय उत्तम रहेकोले विद्या तथा कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ । मंगलवार र बुधवारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउदा सुल्झाउदै समय बित्नेछ । आफन्त तथा चेलि माईती बीच मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिहिनेतले अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ।
मीन राशिको लागि राम्रो रहको छ। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिहीबारबाट भौतिक सम्पती तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । घर परिवार तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । लगानी डुब्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा खैरो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

  • तपाईलाई हाम्रो दैनिक, साप्ताहिक, माषिक र वार्षिको राशिफल(फलादेश) कस्तो लाग्छ? कमेन्ट गरनुस न है !
spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img