Friday, January 17, 2025
पर्यटनभेडेटारमा तीन दिने फुड फेष्टिबल सुरु

भेडेटारमा तीन दिने फुड फेष्टिबल सुरु

धनकुटा / अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा तीन दिने फुड फेष्टिबल आजदेखि सुरु भएको छ ।

होटल एसोसिएसन भेडेटारद्वारा आयोजित महोत्सव यही १७ गतेसम्म जारी रहने छ । फेस्टिबलको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत हुने भएका छन्।

उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन्।

फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबलमा करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन्। नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको हो । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो।

सो अवसरमा धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भेडेटारको विकासमा सहयोग गर्ने प्रतिवद्धता रहेको बताए ।IMG 20231231 194637

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img