Wednesday, May 14, 2025
समाजगुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो
spot_img

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

spot_img

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार पर्व मनाएका छन् । कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । इटहरी उपमहानगरपालिका र इटहरी २० नम्बर वडा कार्यलय मार्फत गुम्बालाई २ लाख आर्थिक सहयोग गर्ने प्रदिवद्दता रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएका विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग समेत गरेका थिए ।

तमु ल्होसारकै अवसरमा २७ औं साधारणसभा समेत गरिएको छ । गुम्बामा आर्थिक सहयोग गर्ने ६० जना बढी लाई सम्मान गरिएको थियोे ।गुम्बाका अध्यक्ष दल बहादुर गुरूङको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।

सो अवसरमा नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्यमा १ दिने निःशुल्क आँखा जाँच शिविर समेत गरिएको गुरुङ बौद्ध गुम्बा युवा समितिका अध्यक्ष तनुज गुरुङले जानकारी दिए । आँखा शिविरमा २ सय ५५ जना भन्दा बढी लाभान्वित भएका छन् ।IMG 20231231 184854

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ख सुनसरी सभापति शुभेच्छु देवान,तरहराका समाजसेवी रुद्र बहादुर बस्नेत, सल्लाहकार समितिका सदस्य खम्बा सिंह गुरुङ्ग, गुम्बाका उपाध्यक्ष प्रकाश तमु गुरुङ विभिन्न गुम्बा समुदायका प्रतिनिधि लगाएत गुरूङ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।WhatsApp Image 2023 10 03 at 1.17.22 PM

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img