ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। विद्यार्थीहरूका लागि सप्ताहान्त विशेष फलदायी रहनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थिति केही असहज बन्न सक्छ, अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक स्थितिमा सुधार आउनेछ। केही उल्झन र अस्वस्थताले समस्या पर्ला। नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूलाई समय दिँदैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउलान्। तापनि सप्ताहान्तमा धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किन सक्छ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साथीभाइको सहयोग जुट्नेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। रमाइलो पारिवारिक भेटघाट हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनुका साथै व्यवसायमा प्रगति हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने सञ्चित कर्मफल प्राप्त हुनेछ। बिहीवारपछि कामविशेषका लागि धेरै रकम जुटाउनुपर्ने परिस्थिति आउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ, कर्म गर्न तत्पर रहनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कर्मयोगद्वारा विभिन्न अवसर जुटाउन सफल भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै आयस्रोत बढाउन सफल भइनेछ। सानो प्रयासले उत्साह जगाउनेछ। नाम, दाम र इनाम हातपार्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मंगलवारदेखि केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न बिहीवारपछि स्थिति अनुकूल बन्नेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अध्ययनमा पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा काममा होसियार रहनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। मन मिल्ने साथी भेटिनाले प्रेमको गाँठो कसिन
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा राम्रो प्रगति हुनेछ भने रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। पुरुषार्थी काम गर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय सप्ताहान्तमा भने पारिवारिक समस्याले पिरोल्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घरेलु काममा अलमलिनुपरे पनि घरमै आयस्रोत फेला पर्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढिएका आफन्त नजिकिनेछन् र बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। रोकिएका काम सम्पादन गर्न ईर्ष्या गर्नेहरू समेत सहयोगीका रूपमा देखा आँटले नयाँ काम प्रारम्भ सप्ताहान्तमा प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।