ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाइको यो साता कति शुभ ? हेर्नुहोस् पौष १८ गते देखी पौष २४ गतेसम्मको साप्ताहिक राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा परे पनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिने समय छ। बिहीवारदेखि प्रशस्त आम्दानी भए पनि समयमा ध्यान नदिनाले लाभांश बाहिरिन सक्छ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ भने मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा प्रशस्त आम्दानी र व्यवसायमा फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहने देखिन्छ। बुधवारसम्म अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याए पनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। लगनशीलताले केही अवसर भने दिलाउनेछ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बिहीवारपछि काम, दाम र स्वास्थ्यमा बाधा हुने देखिन्छ। दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। भैपरी आउने समस्याले सताउनेछ भने परिबन्धले पनि झमेला निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा पेटको मौसमी गडबडीले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। आँटले काम लिन सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको अन्त्यमा स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ। पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा परिबन्धले केही झमेला निम्त्याए पनि मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। साताको उत्तरार्धमा स्थिति अनुकूल बन्नाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्य फाइदा हुने समय छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेमको गाँठो समेत कसिने सम्भावना छ। वादविवादमा भने अघि नसर्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक समस्या देखिए पनि भौतिक साधनहरू जुटाउन सकिनेछ। मंगलवारपछि पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पछि परिनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा सुधार हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा आलोचकहरूले बाधा पुर्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। मंगलवारदेखि सहयोगीले साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। बिहीवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। आफन्तको सहमति नजुट्नाले लक्ष्यमा बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। सप्ताहान्तमा विभिन्न अवसर आउनाले फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवारिक भेटघाटले रमाइलो माहोल रहनेछ। तर अस्वस्थताका बाबजुद कडा मेहनत गर्नुपर्ने हुन सक्छ। केही चुनौती सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। बुधवारपछि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। सप्ताहान्तमा भने विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिने सम्भावना छ। पारिवारिक असमझदारी पनि बढ्न सक्छ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढा बस्ने आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। विभिन्न कामका अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। साताकाे उत्तरार्ध भने फलदायी रहनेछ। राेकिएका धेरै काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी सम्हाल्नुपर्ला। सप्ताहान्तमा विशेष उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। आयस्राेत सबल बन्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मंगलवार र बुधवार भने अनियन्त्रित खर्च पनि हुनेछ। परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ। अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले काममा व्यस्तता बढ्नेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। बिहीवार र शुक्रवार भने फजुल खर्च एवं ऋणभार बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा भने विशेष उपलब्धि प्राप्त हुनेछ।



