मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यो दिन परिश्रम र समर्पणको माध्यमबाट भाग्यवृद्धि हुने अनुकूल दिन हो। आध्यात्मिक वा धार्मिक ज्ञान प्राप्त गर्नु भएमा बौद्धिक वृद्धिमा पनि सहयोग पुग्नेछ। आफ्नो कार्यस्थलबाट सकारात्मक समाचार आउनेछ। बुजुर्ग र गुरुहरूको सल्लाह पालना गर्नुभयो भने सफलतातर्फ पुग्नुहुनेछ। दिनलाई रामो बनाउन आफ्नालागि समय निकाल्न नभुल्नुहोला। कुनै पुरानो लामो समयदेखि अलपत्र परेका काम भए भने कनिष्ठ कर्मचारीको सहयोग लिएर पुनः सुरु गर्नुहोस् र पूरा गर्नुहोस्। यो दिनमा १० प्रतिशत भाग्यबल रहेको छ र शुभ अङ्क ९, शुभरङ पहेंलो र शुभदिशा पूर्व रहेको छ। कुनै महत्त्वपूर्ण काम वा अचानक यात्रा गर्नुपर्ने भएमा “ॐ देवगुरुभ्यो नमः” यो मन्त्र कम्तीमा १९ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – यो दिन चिन्ता र निराशा बढ्दै गएको हुनाले प्रियजनहरूबाट गुनासो प्रोत्साहित गर्ने कामबाट सचेत हुनुपर्नेछ। आफ्नो विश्वसनीयता स्थापित गर्ने चुनौतीको सामना गर्दागर्दै शारीरिक कमजोरी र मानसिक तनावले लक्ष्यबाट विचलित हुन सक्नुहुन्छ। साथको अभाव र कामकाजमा बाधा अवरोध आउने अपेक्षा गर्नुपर्ने हुन्छ, तर व्यवसायिक प्रयासहरू फलदायी नै हुनेछन्। यो दिनमा १० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ८, शुभरङ नीलो÷काल र शुभदिशा उत्तर रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ शं शनैश्चराय नमः” यो मन्त्र कम्तीमा २३ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – तपाईंले दाम्पत्य सुखको रम्रोसँग अनुभव गर्नुहुनेछ। गीत, साहित्य वा नाटककला जस्ता कलाक्षेत्रहरूप्रति तपाईंको रुचि बढ्नेछ। बाह्य सुविधा र फन्टासीहरूले मोहित तुल्याउन सक्ला तर मेहनत र अध्ययनले राम्रा नतिजा दिनेछ। तपाईंको आकर्षक व्यक्तित्वले अरू धेरैलाई आकर्षित गर्नेछ र प्रेमको भावना पलाउने छ, तर स्वार्थी बनिदिनुभएमा नजिकका आफन्तहरू टाढिन सक्छन्। यो दिनमा ६० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ७, शुभरङ रातो र शुभदिशा पश्चिम रहेका छन्। कुनै महत्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ कामाक्षीदेव्यै नमः” यो मन्त्र कम्तीमा ९ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – यो दिनमा व्यक्तिगत इज्जत र साख राख्न सकिने छ, तर अहङ्कार र घमण्डले समस्या सिर्जना गर्नसक्छ। आफ्नो साथीबाट टाढा हुँदै गएपछि मात्र उनको महत्व थाहा हुने छ, जबकि स्वास्थ्य समस्याले प्रेमजीवनलाई प्रभावित पार्नसक्छ। घरायसी असंगति हटाउन अरूप्रति कठोर बोली र आलोचनात्मक शैलीबाट बच्नुहोस्। यो दिनमा ४५ प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ६, शुभरङ ध्वाँसे÷काल र शुभदिशा दक्षिण रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ रां राहवे नमः” यो मन्त्र १८ पटक जप गरेर प्रारम्भ गर्नुभएमा निश्चित लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज साँसारिक सुख-सुविधाहरूप्रति तपाईंको मोह बढ्नेछ। कनिष्ठ कर्मचारीको अभावमा व्यवसाय प्रभावित हुनसक्छ, तर घरका कान्छा नातेदारहरूबाट सहयोग लिन सकिनेछ। बाल्यकालीन स्मृति वा पुरानो साथीभाइहरूसँग भेटघाट गर्न केही समय बिताउनुहुनेछ। तपाईं वा तपाईंका सन्तानहरूमार्फत् कुनै लाभदायक काममा सफलता मिल्नेछ। आजको अतिरिक्त परिश्रमले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त गर्न सकिनेछ, त्यसैले कडा मेहनत गर्नुहोला। यो दिनमा ०० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ५, शुभरङ सेतो र शुभदिशा पूर्व रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ ज्ञानमुद्रायै नमः” यो मन्त्र कम्तीमा ११ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – दाम्पत्य जीवनमा अखण्डता कायम राख्न नसकिने संकेत छ, तर घरायसी वातावरण रमाइलो नै रहनेछ। कुनै गोप्य कुरा बाहिरिँदा अप्ठ्यारोमा पर्नुहुनेछ। अल्छे पर्नाले पढाई बिथोलिन सक्छ, तर कुनै विषयमा कमजोरी भएमा साथीहरू वा शिक्षकहरूबाट सहयोग लिनुभएमा राम्रो हुन्छ। तपाईंले निर्णायक कामहरूमा केन्द्रित हुन नसक्ने र घरायसी समस्या तथा खुशीहरूमा मग्न हुने देखिन्छ। महत्वपूर्ण कामका लागि अगाडि बढ्नुअघि अभिभावक, पत्नी वा सन्तानहरूको इच्छा बुझ्नु उपयुक्त हुन्छ। यो दिनमा ०० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ४, शुभरङ इँटा रातो र शुभदिशा उत्तर रहेको छ। कुनै महत्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ चामुण्डाभगवत्यै नमः” यो मन्त्र ९ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – साथीहरूसँग रमाइला भेटघाटहरू हुने र तपाईंले गुनासाहरू पोख्न सक्नुहुनेछ। देखासिँखी चुनौतीहरू पन्छाएपछि पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। कामबाट असल प्रतिफल र देश-विदेशबाट शुभ समाचार प्राप्त हुनेछ। केही कामहरू गर्दा साथीभाइ वा पार्टनरको इच्छा पालना गर्नुपर्ने हुनसक्छ। योजना र व्यवस्थापनमा समन्वय गर्नाले थप लाभ मिल्नेछ, तर पूर्णतया अरूलाई जिम्मा दिँदा त्रुटि हुनसक्छ। यो दिनमा ८० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ३, शुभरङ गुलाबी वा सिन्दुरे र शुभदिशा पश्चिम रहेको छ। कुनै महत्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ वायुपुत्राय नमः” यो मन्त्र २१ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – तपाईंको अभिव्यक्ति कौशलमा निखार आउनेछ र अध्ययनले व्यक्तित्व विकासका अवसरहरू प्रदान गर्नेछ। आजको परिश्रमले तपाईंलाई प्रतिस्पर्धाको अग्रभागमा पुर्याउन सक्छ। आर्थिक लाभको संकेत छ – भविष्यमा फाइदा हुने लामो अवधिका लगानीका लागि यो उपयुक्त समय हो। तपाईंले बहुमूल्य वस्तु र पुरानो चिजहरू संकलन गर्न चाहनुहुनेछ। तपाईंका वचन र आचरणले धेरैलाई आकर्षित गर्नेछ। दोहोर्याएर प्रयास गर्नुपरे पनि नतिजा पुरस्कृत हुनेछ। यो दिनमा १५ प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क १, शुभरङ पहेंलो र शुभदिशा पूर्व रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः” यो मन्त्र कम्तीमा १९ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – तपाईंको इच्छाशक्ति बढ्नेछ र मान-सम्मान तथा प्रतिष्ठा अभिवृद्धि गर्ने प्रयासहरूमा सफलता मिल्नेछ। यो दायित्व र जिम्मेवारीलाई स्वीकार गर्ने समय हो। तपाईंले नयाँ भूमिका वा पद ग्रहण गर्नुहुनेछ। सहकर्मीहरूसँग कठोर व्यवहार गर्नुको सट्टा व्यावहारिक हुनाले मात्र कामहरू सम्पन्न गर्न सकिनेछ। चिन्ता र शंकालाई त्याग्दै नयाँ दृष्टिकोणबाट अघि बढ्नुहोस्, भएका टुटफुटहरू पनि पुनर्स्थापित हुनेछन्। यो दिनमा १५ प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क १, शुभरङ पहेंलो र शुभदिशा पूर्व रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः” यो मन्त्र कम्तीमा १९ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – विरोधी, असामाजिक र हानिकारक कार्यहरूमा संलग्न हुने जोखिम रहेकाले सचेत र संयमित हुनुपर्नेछ। अप्रत्याशित क्षेत्रहरूमा आर्थिक नोक्सानी हुनसक्छ। ढुवानी, यातायात वा बजारीकरणसम्बन्धी कामहरू अनुकूल छन्, तर लाभ लिन तपाईं स्वयं उपस्थित हुनुपर्नेछ। भौतिक लोभनहरू बढ्ला तर आर्थिक बाधाहरू आउनसक्छन् र कजाा लिनुपर्ने हुनसक्छ। यो दिनमा ०० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क ३, शुभरङ नीलो÷काल र शुभदिशा उत्तर रहेका छन्। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” यो मन्त्र कम्तीमा २३ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यो दाम्पत्य सुखको उत्कृष्ट अवधि हो। तपाईंले सरकारी ठेक्का, निर्माण, फर्निचर, बालबालिकाका सामग्री, सुक्खा खाद्य पदार्थ, गहना र सुनको व्यापारबाट लाभ लिन सक्नुहुनेछ। सबै इच्छित कामहरू सम्पन्न हुनेछन् र पारिवारिक वातावरण राम्रो रहनेछ, तर घमण्ड र अहंकारलाई नियन्त्रित गर्नुहोला। यो दिनमा १०० प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क २, शुभरङ नीलो÷काल र शुभदिशा पश्चिम रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ छायापुत्राय नमः” यो मन्त्र कम्तीमा २३ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – काम र कर्तव्यप्रति आकर्षण बढ्नेछ जसले तपाईंको नाम र प्रतिष्ठा फैलाउनेछ। यदि व्यक्तित्व विकास वा प्रतिष्ठा अभिवृद्धिको अवसर प्राप्त भयो भने त्यसैमा लाग्नुहोस्। तपाईंले आफ्ना प्रयासका फलिता हात पार्नुहुनेछ र प्रभावशाली व्यक्तिहरूसँग नजिक हुन सक्नुहुनेछ। परिश्रमबाट सम्मान वा पदोन्नति पाउन सक्नुहुनेछ। व्यावसायिक कार्यभार बढ्न सक्छ वा यात्रा गर्नुपर्ने बाध्यता आउनसक्छ, तर पारस्परिक सहमति कायम नै रहनेछ। यो दिनमा ६५ प्रतिशत भाग्यबल रहेको छ र शुभअङ्क १, शुभरङ नीलो÷काल र शुभदिशा दक्षिण रहेको छ। कुनै महत्त्वपूर्ण काम वा यात्रा गर्नुपर्ने भएमा “ॐ शं सूर्यात्मजाय नमः” यो मन्त्र कम्तीमा २३ पटक जप गरेर प्रारम्भ गर्नुभएमा लाभ हुनेछ।