मेष, वृष, मिथुन, कर्कट र सिंह राशिवालाहरूका लागि असार महिना सामान्यतया शुभ रहने देखिन्छ। मेष राशिवालाहरूले राम्रो उपलब्धि प्राप्त गर्ने छन् भने वृष राशिवालाहरूले नजिकको व्यक्तिको सहयोग पाउनेछन्। मिथुन राशिवालाहरूले नयाँ ज्ञान हासिल गर्ने अवसर पाउनेछन्। कर्कट राशिवालाहरूले सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ भने सिंह राशिवालाहरूले स्थानान्तरण र लामो यात्राको सम्भावना देखिन्छ। यी राशिहरूका लागि पेशा, व्यवसाय र अध्ययनमा प्रगति हुने देखिन्छ।
कन्या, तुला, वृश्चिक र मकर राशिवालाहरूका लागि असार महिना मिश्रित फलदायी रहने देखिन्छ। कन्या राशिवालाहरूले चलाखीपूर्ण बोली र कामले सफलता पाउनेछन् भने तुला राशिवालाहरूले नयाँ सवारी साधन प्राप्त गर्ने योग छ। वृश्चिक राशिवालाहरूले शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नपाउन सक्छन् भने मकर राशिवालाहरूले धार्मिक र शुभ कार्यमा संलग्न हुनुपर्नेछ। यी राशिहरूका लागि परिश्रम र लगनशीलताबाट केही उपलब्धि हासिल गर्न सकिने देखिन्छ।
कुम्भ र मीन राशिवालाहरूका लागि असार महिना केही चुनौतीपूर्ण रहने देखिन्छ। कुम्भ राशिवालाहरूले श्रम र इमानदारिताको उचित मूल्यांकन पाउनेछन् तर स्वास्थ्य समस्याले पूर्ण समय काममा जुट्न नसक्ने देखिन्छ। मीन राशिवालाहरूका लागि महिनाको सुरुका दिन त्यति राम्रो नदेखिए पनि मध्य महिनाबाट स्थिति सुधार हुने देखिन्छ। यी राशिहरूका लागि धैर्यता र आत्मविश्वासको साथ चुनौतीहरूलाई पार गर्न सकिने देखिन्छ।
मेष राशि : मेष राशिलाई असार महिनामा राम्रो उपलब्धि प्राप्त हुने ग्रहयोग छ। पढाई लेखाइमा उल्लेख्य सुधार आउनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। सानो प्रयासले ठूलो काम बन्नेछ। शरीरमा बल र तेज पराक्रम बढ्नाले जति पनि काम गर्न सकिनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। चुनौतीका पहाड फोर्ने आँट जाग्नेछ। अभिभावक र ठूला व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। दाजुभाइमा आत्मीयभाव बढ्नेछ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्। स्रोत-साधन जुट्नाले महत्त्वाकांक्षी काम गर्न वा नयाँ काम थाल्न सकिनेछ।
फलदायी प्रतिशत: ८५ %
विशेष दिनहरू: ५ , १ २, १ ९, २६
वृष राशि :वृष राशिलाई असारभरिको ग्रहयोग हेर्दा यस महिनामा केही समस्या देखिए पनि आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। केही विवादास्पद जिम्मेवारी आउनेछन्। अरूको भरपर्दा काम रोकिन सक्छ, स्वयं जुट्नुपर्नेछ। मिहिनेत गर्दा समयले साथ दिनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा-व्यवसायमा केही न केही फाइदा नै हुनेछ। कृषितर्फ लाग्नेहरूलाई प्रविधिमा खर्च हुन सक्छ। भौतिक साधन र केही उपकरण संग्रह गर्न सकिनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। काम खोज्नेहरूलाई नयाँ अवसर प्राप्त हुनेछ। यसअघि गरिएका कामबाट पनि लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ।
फलदायी प्रतिशत: ७०%
विशेष दिनहरू: ३, १ ०, १ ७, २४
मिथुन राशि : मिथुन राशिलाई असार महिनाको ग्रहस्थितिले महत्त्वाकांक्षा बढाउने देखिन्छ। प्रतिष्ठाकै लागि संघर्षको मैदानमा उत्रनुपर्ने स्थिति आउन सक्छ। धेरै अथवा ठूलो उपलब्धि खोज्नाले पनि दुःख पाइनेछ। एकातिर कामको चाप बढ्ने र अर्कातिर परिस्थिति प्रतिकूल रहने सम्भावना छ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन पनि समय लाग्नेछ। साथीभाइबाट धोका पाइने हुँदा पहिलेको मिलनसार स्वभावलाई परिस्थितिले कठोर तथा निर्दयी बनाउन सक्छ। स्वास्थ्यमा टाउको दुखाइ, रक्तचाप जस्ता समस्या आउनुका साथै काम बिग्रने डरले मन अशान्त भइरहनेछ। सामाजिक तथा नैतिक जिम्मेवारीले कर्ममा लगनशील बनाउनेछ। अन्त्यमा स्वाभिमानको जित हुनेछ। महिनाको उत्तरार्ध विशेष फलदायी रहनेछ। पेसा-व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। अध्ययनमा सफलता मिल्नेछ।
फलदायी प्रतिशत: ६५ %
विशेष दिनहरू: ७, १ ४, २१ , २८
कर्कट राशि : कर्कट राशिलाई असार महिना केही संघर्षमय रहनेछ। महिनाभरिको ग्रहयोगले कर्मयोगमा केही जटिलता थपिनेछन्। आर्थिक व्यवस्थापन असन्तुलित बन्न सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। नोकरीमा दुर्गम स्थानान्तरण हुने सम्भावना छ। वैदेशिक रोजगारीमा पनि समस्या आउन सक्छ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। पेसा-व्यवसायमा मन्दी आउनुका साथै उधारो व्यापार हुनेछ। लगानी तथा सरसापटमा गएको रकम नउठ्नाले व्यवहारमा अर्थअभाव देखापर्नेछ। आशा देखाउनेहरूले झुक्याउन सक्छन्। आर्जित रकमले कर, व्याज तथा ऋण चुक्ता गर्न धौ-धौ हुनेछ। परिस्थिति अनुकूल नभएसम्म नयाँ काम अघि नबढाउनुहोला।
फलदायी प्रतिशत: ५ ५ %
सिंह राशि : सिंह राशिलाई असार महिनाको ग्रहयोग फलदायी रहनेछ। परिस्थिति अनुकूल बन्नाले काम सजिलै बन्नेछ। मिहिनेत गर्दा सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। व्यापार बढ्नेछ र व्यवसायमा प्रशस्त फाइदा हुनेछ। नोकरीमा नयाँ अवसर, अनुकूल स्थानान्तरण वा पदोन्नति हुने बलियो सम्भावना छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्ने समय छ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्न सक्छ।
फलदायी प्रतिशत: ९०%
विशेष दिनहरू: ४, १ १ , १ ८, २५
कन्या राशि: कन्या राशिलाई असार महिनामा नयाँ अवसर प्राप्त हुने ग्रहयोग छ। समयमा गरिएको उचित कर्मले नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। ज्ञान र कर्मका प्रभावले विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अभिभावक तथा शुभचिन्तकहरूको साथ-सहयोग जुट्नाले चिताएको काम सजिलै सम्पादन हुनेछ। नयाँ अथवा दिगो व्यवसाय थाल्न सकिनेछ। नियमित पेसामा पनि थप प्रगति हुनेछ। नोकरीमा प्रवेश, स्थायित्व वा पदोन्नति हुने बलियो सम्भावना छ। पहिलेका समस्या सुल्झनेछन्। धर्म तथा परोपकारी कर्ममा प्रवृत्त भइनेछ। अध्ययनको लगावले महत्त्वपूर्ण उपलब्धि दिलाउन सक्छ। सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। नियमित प्रयास गर्दा कर्मसिद्धि हुनेछ।
फलदायी प्रतिशत: ८५ %
विशेष दिनहरू: ६, १ ३, २०, २७
तुला राशि : तुला राशिलाई असार महिनामा सोचेको उपलब्धि नभए पनि स्थितिमा सुधार ल्याउन सकिनेछ। सुरुमा पूर्वाधार तयार पार्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर हुनाले जोश-जाँगरमा कमी आउनेछ। अरूको भरपर्दा खर्चमात्र बढ्नेछ, उद्देश्य प्राप्त नहुन सक्छ। दैनिकी चलाउन र नियमित काम गर्न समस्या नभए पनि नयाँ काममा हातहाल्न निकै परिश्रम गर्नुपर्ला। महिनाको उत्तरार्ध लागेपछि स्थिति अनुकूल बन्दै जानेछ। साथीभाइको सहयोग र स्रोत-साधन जुट्नाले पेसा-व्यवसायमा सुधारका लक्षण देखिनेछन्। लगानीबाट सामान्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ। सामाजिक प्रभाव पनि बढ्नेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ। मिहिनेत गर्नुहोला, पछिल्ला दिनमा प्रगति हुनेछ।
फलदायी प्रतिशत: ७०%
विशेष दिनहरू: १ , ८, १ ५ , २२
वृश्चिक राशि : वृश्चिक राशिलाई परिस्थिति अनुकूल नहुनाले असार महिना केही संघर्षमय रहनेछ। झुटा आश्वासन बाँड्नेहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्नो वस्तुमाथि अरूले दाबी गर्नेछन्, धनमाल सुरक्षामा सजग रहनुहोला। स्वास्थ्यमा पनि समस्या देखापर्नेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउनेछ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस-जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ।
फलदायी प्रतिशत: ५ ५ %
विशेष दिनहरू: ३, १ ०, १ ७, २४
धनु राशि : धनु राशिलाई असार महिना केही उतारचढावमय रहनेछ। सरोकार नभएका विषयमा रुचि राख्नाले व्यर्थैमा दुःख पाइनेछ। किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ। अवसर आए पनि समय दिन नसक्दा पेसा-व्यवसाय कमजोर बन्नेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्यांकन कमजोर हुनाले लाभांश घट्न सक्छ। नोकरी तथा व्यवसायमा पनि केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ। व्यावसायिक यात्रा गर्ने साइत जुर्नेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ।
फलदायी प्रतिशत: ६५ %
विशेष दिनहरू: ५ , १ २, १ ९, २६
मकर राशि : मकर राशिलाई मिहिनेत गर्दा असार महिना विशेष उपलब्धिमूलक रहनेछ। विशेषतः प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुने बलियो सम्भावना छ। नयाँ काम गर्न स्रोत-साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा-व्यवसाय प्रारम्भ गर्न सकिनेछ। स्थापित पेसा-व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेछन्। प्रयत्न गर्दा देश-विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।
फलदायी प्रतिशत: ९०%
विशेष दिनहरू: २, ९, १ ६, २३
कुम्भ राशि : कुम्भ राशिलाई असार महिना केही उतारचढावमय रहने देखिन्छ। केही राम्रै अवसर पनि प्राप्त हुनेछन्। तर स्वास्थ्य समस्याले पूर्ण समय काममा जुट्न नसकिएला। शुभचिन्तकको प्रेरणाले हौसला भने प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ। पशुपालनबाट लाभ उठाउन सकिनेछ। अध्ययन तथा लेखनमा प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा-व्यवसायमा धेरै फाइदा नभए पनि व्यवहार चल्नेछ। खर्चिलो परिस्थितिले रकम सञ्चय भने नहुन सक्छ।
फलदायी प्रतिशत: ७५ %
विशेष दिनहरू: ४, १ १ , १ ८, २५
मीन राशि : मीन राशिलाई असार महिना केही संघर्षमय रहने देखिन्छ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिने सम्भावना छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। उठ्नुपर्ने रकम समयमा हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। घर-व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ने देखिन्छ। पेसा-व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम समेत निम्त्याउन सक्छ। नोकरीमा अरूको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ। अध्ययनमा धेरै उपलब्धि नभए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। तत्काललाई केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ।
फलदायी प्रतिशत: ६०%
विशेष दिनहरू: ७, १ ४, २१ , २८