मेष देखि मीन सम्मका १२ वटा राशिहरुका लागि यो साता मिश्रित रहने देखिन्छ । केही राशिहरुलाई आर्थिक लाभ मिल्नेछ भने केहीलाई खर्च बढ्नेछ । व्यापार व्यवसाय, नोकरी र अध्ययन क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । परिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ। कतिपय राशिहरुलाई स्वास्थ्य समस्या देखिने र घरायसी कामकाजमा विश्रम पर्नेछ । केही राशिहरुलाई शत्रुबाटसमेत बाधा पुग्न सक्छ। तर साताको मध्यतिर अवस्था सुधारिने र फाइदाजनक कामहरु सम्पन्न हुनेछन्। सामाजिक कार्यहरुमा सहभागिता बढ्नेछ। मिहिनेतसँगै बुद्धिको पनि उपयोग गर्दा जुनसुकै राशिकाले पनि यो सातामा राम्रो उपलब्धि हात पार्न सक्नेछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन र प्रतिष्ठा बढाउन सफल हुनेछन्। परिवारिक जीवन र प्रेम सम्बन्धलाई सुमधुर बनाउन सकिनेछ। साताको अन्त्यतिर आय बढ्नुका साथै धन र मान सम्मानपनि प्राप्त हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साता शुभ रहेको छ (९०%)। साताको शूरुवातमा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले तपाईको साहस तथा पराक्रम बलियो रहनेछ। आम्दानी बढ्नेछ र व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ भने प्रेम सम्बन्ध पनि सुमधुर नै हुनेछ। विद्यार्थीका लागि भने पढाईमा कमजोरी देखा पर्न सक्छ। मिहिनेतले आँटेको काम सम्पादन हुनेछ र आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। सोमवारदेखि केही पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बिहीवारपछि स्थितिमा सुधार आउनाले काम बन्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बृष राशिका लागि यो साता मिश्रित रहनेछ (७५%)। व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ तर अध्ययन अध्यापन कार्य कमजोर रहनेछ। नोकरी गर्नेहरुका लागि सहयोगी वातावरण रहनेछ र प्रेम तथा पारिवारिक जीवन सामान्य रहनेछ। प्रारम्भमा राम्रो आयआर्जन हुनेछ तर बिहीवार र शुक्रवार विश्वासपात्रबाट धोका पाइनेछ। मिहिनेतले व्यावसायिक कार्यमा उपलब्धि दिलाउनेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। सप्ताहान्तमा समस्या सुल्झिनेछ र अध्ययन र पेसामा प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि यो साता शुभ रहनेछ (८५%)। आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ र तपाईको कार्यको प्रशंसा हुनेछ। आर्थिक अवस्था मिश्रित रहनेछ तर प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। यो साता विभिन्न अवसर प्राप्त हुनेछन् र आँटेको काम सम्पादन हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। बुधवारपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ (७०%)। साताको शुरुमा खर्च बढ्न सक्नेछ र काममा बढी दौडधुप हुनेछ। मंगलबारदेखि भने अवस्थामा सुधार आउनेछ र नोकरीमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ र प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ। प्रारम्भमा खर्च बढे पनि पछि आम्दानीका नयाँ स्रोतहरु भेटिनेछन्। सोमबार र मंगलबार अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ। विद्यार्थीको पढाईबाहेकका गतिविधिमा मन जान सक्नेछ। साेमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। रोकिएका काम बन्नेछन्। अध्ययनमा ध्यान केन्द्रित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो साता शुभ रहनेछ (८०%)। साताको शुरुमा लाभ स्थानमा चन्द्रमाको प्रभाव रहनेछ। यसले गर्दा व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ। आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ। नोकरीमा सफलता मिल्नेछ र सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। परिवारमा मेलमिलाप र एकता कायम हुनेछ। आफ्नो जीवनसाथीबाट उचित साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा कमजोरी देखिनसक्छ, त्यसैले बढी ध्यान दिनुपर्छ। प्रारम्भमा विशेष अवसर प्राप्त हुनेछन् र पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सप्ताहान्तमा आय बढ्नुका साथै भौतिक साधन जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता उत्तम रहनेछ (८५%)। साताको शुरुमा चन्द्रमाको गोचर कर्म स्थानमा रहनेछ। यसले गर्दा नोकरी गर्नेहरुका लागि शुभ समय रहनेछ। सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ र आम्दानी बढ्नेछ। परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ र प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ। प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेत गरे सजिलै कर्मसिद्धि हुने समय छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ र नाम,दाम र प्रतिष्ठा प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो साता शुभ रहनेछ (९०%)। साताको शुरुमा चन्द्रमा नवम भावमा रहनेछ, जसले गर्दा भाग्यले साथ दिनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ र व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। कार्यस्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ। सन्तानबाट सुख हुनेछ र धनबचत हुनेछ। विद्यार्थीको पढाई लागि उत्तम साता हो। प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ। प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। नयाँ काम वा नोकरी प्राप्त हुनसक्छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सप्ताहान्तमा दिगो काममा लगानी गर्नुपर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता मिश्रित रहनेछ (६५%)। साताको शुरुमा चन्द्रमा अष्टम भावमा रहनेछ, जसले गर्दा स्वास्थ्य समस्या देखिनसक्छ र शत्रुबाधा भएर काममा रोकावट आउनसक्छ। मंगलबारदेखि भने अवस्थामा सुधार आउनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र मिष्ठान्न भोजन प्राप्त हुनेछ। नोकरीमा सफलता मिल्नेछ र व्यवसायबाट उचित लाभ मिल्नेछ। विद्यार्थीलाई अध्ययनमा मन जानेछ। प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलता पाइनेछ। सोमवारदेखि धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरे नाम, दाम र इनाम हात पार्न सकिनेछ। सप्ताहान्तमा आय बढ्नेछ र जीवनशैलीमा सुधार आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो साता मिश्रित रहनेछ (७०%)। साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले सुन्दरता एवं भोग विलासमा मन जानेछ। जीवनसाथीसँग रमाइला पल बिताउने योग छ। साझेदारीका कार्यबाट लाभ हुनेछ र व्यापारिक कार्यका लागि यात्रा हुनेछ। स्वास्थ्य अवस्था सकारात्मक रहनेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ र आम्दानीका क्षेत्र बढ्दै जानेछन्। नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ। प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ भने विद्यार्थीको पढाइ कमजोर हुनसक्छ। प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ र रमाइलो यात्रा गर्न पाइनेछ। चिताएका काम बन्नाले प्रशस्त धनलाभ हुनेछ। सोमवार र मंगलवार भने कामको बोझ बढ्न सक्छ र चोटपटकको योग देखिएकाले स्वास्थ्य सजग रहनुपर्छ। बुधवारपछि स्थिति सुधृरिनेछ। सप्ताहान्तमा नाम, दाम र इनाम कमाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो साता शुभ रहनेछ (८५%)। छैठौं भावमा चन्द्रमाको गोचरले शत्रुहरुलाई पराजित गर्नेछ। मातृ एवं मामली पक्षबाट साथ र सहयोग पाइनेछ। सन्तानबाट सुख प्राप्त हुनेछ। सिर्जनशीलता बढ्नेछ र बौद्धिक क्षमताको कदर हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीको पढाईमा मन जानेछ। परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ र प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिद्वन्द्वीहरुलाई परास्त गर्नेछ। रोकिएका काम बन्नेछन् र आर्थिक पक्ष सबल बन्नेछ। बुधवारपछि स्वास्थ्य कमजोर भएपनि सप्ताहान्तमा धन र मानसम्मान प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि यो साता शुभ रहनेछ (८०%)। साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहनेछ, जसले गर्दा बौद्धिक एवं सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। शारीरिक तथा मानसिक अवस्था सबल रहनेछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ। सन्तानबाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ र व्यापार व्यवसायबाट उचित मुनाफा हुनेछ। नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ। परिवारसँग सुमधुर सम्बन्ध हुनेछ र अध्ययन अध्यापन कार्य सफल हुनेछ। आँटेको काम सम्पादन हुनेछ र अध्ययनमा प्रगति हुनेछ। साताको अन्त्यमा स्वास्थ्य कमजोर रहला भने काम रोकिएर चिन्ता बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका लागि यो साता शुभ रहनेछ (७५%)। साताको शुरुमा चन्द्रमा चतुर्थ भावमा रहनेछ, जसले गर्दा आइतबार र सोमबार स्वास्थ्य कमजोर हुनेछ र घरायसी समस्याले चिन्ता बढ्नेछ। मंगलबारदेखि भने अवस्थामा सुधार आउनेछ। धन आर्जन हुनेछ। शत्रु पराजित हुनेछन् र स्वास्थ्य अवस्था सबल हुनेछ। साथीभाइसँग मनोरञ्जन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ र प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। प्रारम्भमा पारिवारिक समस्याले लक्ष्यमा पुग्न गाह्रो हुनेछ। तर मिहिनेत गरे बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अध्ययनमा प्रगति हुनेछ र विभिन्न अवसर प्राप्त हुनेछन्। निम्तो आए पनि सप्ताहान्तमा आतिथ्य खर्चिलो हुनेछ।