समाजयति ब्रुअरीको छक्का चौका ब्राण्ड सार्वजनिक

यति ब्रुअरीको छक्का चौका ब्राण्ड सार्वजनिक

हेटौंडा । यति ब्रुअरी लिमिटेडले नेपाली बजारमा अर्ना छक्का चौका ब्राण्ड सार्वजनिक गरेको छ। कम्पनीले उत्पादन गरेको यो नयाँ ब्राण्डको नाम नेपाली क्रिकेटसँग जोडेर राखिएको हो।

६.४ प्रतिशत अल्कोहल रहेको छक्का चौका ब्राण्डलाई क्रिकेट खेलसँग जोडेर ल्याइएको हो। नेपाली क्रिकेटमा गरिएको लगानीका कारण कम्पनीका उत्पादनहरू युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको यति ब्रुअरीले जनाएको छ।

“क्रिकेटमा सर्वाधिक प्रयोग हुने चौका र छक्का शब्दको प्रयोग गर्दा क्रिकेटप्रेमीहरूले यस ब्राण्डलाई अत्याधिक मन पराउनुका साथै व्यापारिक हिसाबले पनि सफल हुने अपेक्षा गरिएको छ,” कम्पनीले भनेको छ।

छक्का चौका ब्राण्डको उत्पादन सीमित रहने र नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितासँग जोडेर विशेष स्लोगन सार्वजनिक गरिने कम्पनीको योजना छ।

हाल बजारमा ३३० मिलिलिटर (पुन्टे) र ६५० मिलिका दुई साइजमा यो ब्राण्ड उपलब्ध छ। यसको अधिकतम खुद्रा मूल्य क्रमश १७० र ३३० रुपैयाँ निर्धारण गरिएको छ।

हेटौंडाका लागि अधिकृत बिक्रेता बिनायक इन्टरनेशनलका सञ्चालक बिजयकुमार श्रेष्ठले छक्का चौका ब्राण्ड नेपाली बजारमा सफल हुने अनुमान गरेका छन्।

“क्रिकेट प्रशंसकहरूले यस ब्राण्डलाई मन पराउनुका साथै व्यापारिक हिसाबले पनि यो सफल हुनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img