Saturday, April 19, 2025
अन्तर्राष्ट्रियचीन बाट आयो अर्को डरलाग्दो खबर, सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै
spot_img

चीन बाट आयो अर्को डरलाग्दो खबर, सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै

काठमाडौं |कोरोनाकै माहामारी फेरी सुरु हुनेत हैन भन्ने डर सुरु हुन लागेको छ । कोरोना पहिलो पटक देखीएको चिनमा सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै भन्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने गरी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । उत्तरपूर्वी सहर चाङ्गचुन र सेनझेन सहरमा यसै हप्ता लकडाउन घोषणा गरिएको छ।

साङ्घाईमा विद्यालय बन्द छन् । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले यसै हप्ता जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको थियो । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ । चीनमा पहिलो पटक सन् २०१९ को डिसेम्बरमा कोरोनाको भाइरस देखिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img