मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले उनलाई ठुलै घाटा दिने भएको छ ।
यो फिल्म रिलिज भएको एक साताभन्दा बढी भइसकेको छ । ३०० करोडको सम्राट पृथ्वीराजलाई बक्स अफिसमा ठूलो झटका लागेको छ । अक्षय कुमारको ऐतिहासिक फिल्मले ९ दिनमा ७१ करोड मात्रै कमाउन सफल भएको छ । अक्षय कुमारको यो उच्च बजेटको फिल्म कमाईको हिसाबले नराम्रो अवस्थामा रहेको स्पष्ट छ ।
कुनै पनि ठूला चलचित्र रिलिज हुँदा ओटीटीमा ल्याउन निकै समय लाग्छ तर, घाटाकै कारण यो फिल्म रिलिज भएको २० दिनमै निर्माताले ओटीटीमा देखाउने निर्णय गरेका छन् ।
सम्राट पृथ्वीराजका निर्माताले यस फिल्मको घाटा जसरी पनि पूर्ति गर्ने योजना बनाएका छन् ।राजधानि दैनिकमा खबर छ । अलिकति ठूलो बजेट समेट्न जारी गरिएको हो । यसै क्रममा मिडियाको रिपोर्ट अनुसार सम्राट पृथ्वीराजको फ्लपले अक्षय कुमारको व्यक्तिगत कमाईमा पनि असर गरेको छ ।



