अन्तर्राष्ट्रियआकाशमै दुई पाइलटबीच कुटाकुट

आकाशमै दुई पाइलटबीच कुटाकुट

काठमाडौं: एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।

कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए ।

स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए ।

विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका