अन्तर्राष्ट्रियचीनमा ६.६ म्याग्निच्युडको भूकम्प: मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

चीनमा ६.६ म्याग्निच्युडको भूकम्प: मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

काठमाडौँ- चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमबार गएको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका हुन् ।

सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सिचुवानको शिमियान काउन्टीमा १४ जनाको मृत्यु भएको छ भने नजिकैको लुडिङ काउन्टीमा सात जनाको मृत्यु भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । प्रान्तीय राजधानी चेङ्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।

चेङ्दु सहरका बासिन्दा चेनले भने, “मैले यसलाई धेरै शक्तिशाली महसुस गरेँ । भुइँतलामा रहेका मेरा केही छिमेकीले भूकम्पको धक्का निकै धेरै महसुस गरेका बताए ।”

भूकम्पका कारण गएको पहिरोका कारण पनि ठूलो क्षति पुगेको सीसीटीभीले जनाएको छ । सो क्षेत्रमा भूकम्पका कारण बाटो अवरुद्ध भएको छ मानिसहरू बसोबास गर्ने १०० भन्दा बढी क्षेत्रहरूमा दूरसञ्चारका लाइन काटिएको छ । धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेशनहरू पनि अवरूद्ध भएका छन् ।

सीसीटीभीले प्रसारण गरेको फुटेजमा गार्जेमा क्षतिग्रस्त भवन र ढलेका संरचनाका भग्नाबशेष सडक देखिन्छ ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।
Advertisement

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

Advertisementspot_img

यो साता चर्चामा



यो पनि पढौँ

जनपत्र: मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिका अध्यक्ष राजकुमार...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव...
सुनसरी : भात अड्किएर इटहरीमा एक जनाको मृत्यु भएको छ । मंगलबार राति खानाखाने क्रममा इटहरी वडा नम्बर १९ अमाहाका अन्दाजी ४२ वर्षीय राजु चौधरीको...