Thursday, November 7, 2024
अन्तर्राष्ट्रियप्रधानमन्त्रीले उपहारमा पाएको घडी बेचे !

प्रधानमन्त्रीले उपहारमा पाएको घडी बेचे !

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशबाट पाएको उपहार बेचेको घटना सार्वजनिक भएपछि हंगामा भएको छ । खाडी मुलुकका एक राजकुमारले इमरानलाई १० लाख डलर पर्ने घडी उपहार दिएका थिए ।
त्यसलाई उनले गोप्य रूपमा बेचेपछि विपक्षी दलहरूले उनको कठोर आलोचना गरेका छन् । प्रधानमन्त्रीले विदेशी उपहार बेचेर सरकारी कोषमा घात गरेको आरोप विपक्षीहरूले लगाएका छन् । विदेश भ्रमणमा राष्ट्रप्रमुख तथा संवैधानिक पदमा रहेका अधिकारीहरूबीच उपहार आदानप्रदान हुने गरेको छ ।

त्यसरी पाएको उपहार सरकारी कोषमा रहिरहन्छ । सरकारले चाहेमा पछि त्यसलाई लिलाम बिक्री गर्न सक्छ । पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पीएमएल-एनकी उपाध्यक्ष मरियम नवाजले ट्वीट गरी लेखिन्।इमरान खानले अन्य देशबाट प्राप्त उपहार बेचेका छन् । खानले सरकारी कोषबाट विदेशी उपहार लुटे ।

कुनै व्यक्ति यति असंवेदनशील बहिरो, लाटो र अन्धो कसरी हुन सक्छ ?विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका अध्यक्ष फजलुर रहमानले राजकुमारबाट प्राप्त महंगो घडी प्रधानमन्त्री खानले बेचेको खबर पाएको र यो लज्जास्पद भएको बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img