विविधपुलमा ठेकेदारको लापरबाही ।

पुलमा ठेकेदारको लापरबाही ।

Advertisement spot_img

२०७४ सालको स्थानीय तहको निर्बाचन पछि गाउगाउमा संघीय सम्रचना अनुसार करोडौं लागतमा बिकास निर्माणका कामहरुमा योजाना ल्याइन्छ । तर,सम्बन्धित निकाएको उचित अनुगमन र ठेगेदारहरुको चरम लापरबाही ,गुणस्तरहिन सामानको प्रयोगले थालिएका कामहरु कुनै बिचमै भत्किएको छ भने कति पय अलपत्र परेका छन ।

ठेकेदारहरुकै कमजोरीले गत मंसिर ११ गते भोजपुर जिल्लाको दक्षिणी क्षेत्र कावाखोलामा ५ करोड लागतमा निर्माण भैरहेको पक्की पुल निर्माणकै क्रममा भत्किएको छ । निर्माण सामाग्रीनै गुणस्तरहिन भएको प्राबिधिक अनुगमनले देखाएको छ । उचित अनुगमन नहुदा कतिपय कामहरु बेबारिसे बनेकाछन । धेरै पुलहरु बनिनसक्दै भत्किका छन। कतिपय बन्नै बाकी छ । यसको कारण नागरिकहरुलाई दैनिक कष्टकर बन्दै गएको छ । ठेकेदार हरुको चरम लापरबाहीले पुल भत्किएको स्थानीयहरुको आरोप छ ।

पुल सञ्चालनमा भए सङ्गै सदरमुकामबाट दक्षिणी क्षेत्र हुँदै तराई सम्म पुग्न सिधा हुनेथियो | तर,स्टमेट अनुसार पुल नहुदा पुल भत्किएको हुन सक्ने पुर्बधार बिकास कार्यलय भोजपुरका प्राबिधिक रुपेशदेबले बताए । उक्त पुलको लम्बाइ ४५ मिटर र चौडाइ ६ मिटर दुबै तर्फ १.२० मिटर पौदल हिंड्न् मिल्ने पुलको डिजाइन अबधी ८० बर्षको पुल भुकम्प प्रतिरोधि हुने स्टमेट थियो ।

यहाँ प्रदेश सरकारको पुर्ण लागतमा ८ वटा र प्रदेश सरकारको पहल तथा स्विस सरकारको अनुदान सहयोगमा २ वटा गरि १० वटा पुल निर्माण भैरहेको पुर्बाधार विकास कार्यलय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन।

भोजपुरलाई उत्तर -दक्षिण जोड्ने लाक्ष्यका साथ कावाखोलामा पुल निर्माण भए पछि स्थानियहरुमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै चरणमा ढलेपछी स्थानीय निराश बनेका छन ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

सुनसरी / धनकुटाको पाख्रीबास नगरपालिका -५ पन्चेभीर स्थितमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मध्यपहाडी लोकमार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं. १-०२-००३...
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका भरि भोलि सार्वजनिक बिदा दिएको छ ।बालाचतुदर्शीको अवसरमा गाउँपालिकाले पालिका क्षेत्रभरी सार्वजनिक बिदा दिएको हो । सतविज छर्ने दिन...
भोजपुर / करुणा फाउण्डेसनले भोजपुरका दुई विद्यालयका बालबालिकाहरुलाई स्वेटर तथा खाद्य सामग्री वितरण गरेको छ ।३२ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा भोजपुर बहिरा आवासिय...