तिमिसङ्ग नोट छ । मसङ्ग भोट छ । हामी एक अर्कामा तालमेल गरौन हुन्न ?तिमिलाई चुनाब जित्न भोट झार्नु छ।मलाई जीवन जिउन ,रहर अनि भोक मार्नु छ । त्यसैले त मेरो एक भोट बिक्रीमा छ ।
तिमि पाटिको सिधाान्तको कुरा नगर म नैतिकताको कुरा छाड्छु आज मैले परिवार धान्न भोट बेचे भोलि तिमिले देशको अर्थतन्त्र धान्न भन्दै देश बेच्छौ । मलाई बाध्यता छ तिमिलाई बहाना त्यसैले तिमी आदर्शको कुरानगरी भोट किन्न तर्फ लाग मेरो एक भोट बिक्रीमा छ ।
चुनाब प्रसारप्रचारमा आउदा गाउँ गाउँमा सिह दरबार लिने कुरा नदेखाउनु जितेर रोजगार दिने सपना नदेखाउनु अचेल ब्यबहारिक हैन ब्यापारिक हुँदै गएको छु ।
आफ्ना छाक टार्नको लागि पैसानै सबथोक हो भन्ने भएको छु तिमिले भोटको मूल्य बढाएछौ भने काका र दाइ भाइलाई पनि भोट दिनु भनौला राम्रालाई जिताउनुपर्छ भन्दै तै चुप मै चुप बसौला ।
गरिबी घटाउने तिम्रो चुनाबी एजेन्डा हैन र ? परेवालाई चारो जसरी पैसा छरिदेउ युवा युवतिलाई पासपोर्ट चलिस कटेकालाई रक्सी भरिदेउ । बैशाख ३० आउदै छ मान्छे चिन्न तर्फ लाग भोट किन्न तर्फ लाग मेरो एक भोट बिक्रीमा छ ।