काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेकोमा जोड दिए ।
नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको अफ्रिदीको भनाइ छ । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टीमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने पनि उनले बताए ।
अन्तर्वार्ताको क्रममा नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको याद छ । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ भन्ने हो । इपिएलमा मैले एउटा म्याच खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दिप लामिछाने लगाएतको खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा कहिँ पनि चिनाउन सक्छन् ।
नेपाली क्रिकेट विकास गर्नका लागि ग्रासरुटदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ । खेलाडीहरुलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक हुनु हो ।(भिडिओ)



