Friday, March 29, 2024
रोजगारीबेरोजगार युवालाई रोजगारी दिने

बेरोजगार युवालाई रोजगारी दिने


जुम्लाको तिलागाउपालिकाले बेरोजगार युवालाई रोजगारी दिने अभियान थालेको छ ।

रोजगारी नभएका कारण निराश, उदास र दिशाहीन बनेका युवा शक्तिलाई रोजगारी दिनकै लागी सहुलियत कर्जा सजिकरणका लागी उद्यमशिलताका बारेमा  तालिम दिइएको हो ।  

युवासंग अध्यक्ष रोजगार कार्यक्रमार्फत् पालिकाको  आर्थिक विकासलाई माथि उठाउनका लागी यस्तो कार्यक्रम सञ्चालन गरेको पालिकाले जनाएको छ ।

पालिकामा  दक्ष उद्योमी  उत्पादन गरी कर्णाली प्रदेशकै समृद्धीका लागी परिचालन हुने तिलागाउपालिकाका अध्यक्ष रतन थान यौगीले बताए । युवालाई उद्यमशिलतासंग जोडेर , रोजगार बनाउने पालिकाको पहिलो लक्ष्य रहेको उनले बताए । युवा जनशक्तिलाई  पालिका भित्रै  रोजगारीका अवसर सिर्जना गर्नका लागी राष्ट्रिय युवा परिष्द , तिलागाउपालिका र   नविल बैंकको साझेदारीमा  उद्योमशिलता तालिम दिइएको हो । 

उनले भने, “स्थानीय सरकारले युवालाई केन्द्रित  रोजगारीको कार्यक्रम ल्याउने  तिलागाउपालिका पहिलो गाउपालिका हो ।’

अध्यक्ष यौगीले  तिलाले युवाका लागी  संञ्चालन गरेको  उद्योमशिल कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस गर्ने गरी नतिजामुखी हुने दाबी गरे ।

अध्यक्ष यौगीले  सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भने, “सबै युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ । 

त्यस्तै पूर्व राज्यमन्त्री बलबहादुर महतले श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न तिलाले विशेष कार्यक्रम सञ्चालन गरेको बताए  ।

सिपविनाको जनशक्ति बेरोजगार हुने भन्दै  युवालाई रोजगारीमा जोडन सिप सिकाउ आबश्यक रहेको छ । 

 त्यस्तै  युवालाई रोजगारी संग जोड्नका लागी तिलागाउपालिका सँग साझेदारीपत्रमा हस्ताक्षर गरेको नविल बैंकले कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको  बताएको छ ।

तिलागाउपालिको  युवा जनशक्तिलाई  उद्योमी बनाउनका लागी ७ दिने उद्यमशिलता  तालिमा दिइएको छ ।  उक्त तालिममा तिलागाउपालिका १ देखि ९ वडा सम्मका १सय ६८ जनाको सहभागीता रहेको छ । 
 

प्रकाशित मिति :

महेन्द्र हमाल
महेन्द्र हमाल
लाल बहादुर हमाल (महेन्द्र) स्थापना देखी नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

काठमाडौं । उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका सुहाङ नेम्वाङले इलाम जिल्लावासीको सेवा गर्ने संकल्प व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उहाँले असजिलो र...
समग्रमा राशिफल: मेष, बृष र मिथुन राशिका लागि समग्रमा राम्रो समय छ। मेष राशिका लागि प्रेम र रहस्यमय विषयप्रति आकर्षण बढ्नेछ भने बृष राशिलाई...
इटहरी । प्रेम र आदरको अटुट बन्धन यसरी टुटेको देख्दा हृदय विदारक अनुभूति हुन्छ। इटहरी उपमहानगरपालिका-१३ खनारकी जोडी श्रीमान् टिकाप्रसाद र श्रीमती नर्वदा भट्टराईले...