रोजगारी४६४ जना नेपाली पुरुष कामदार आवश्यक तलब र सुविधा के छ ?

४६४ जना नेपाली पुरुष कामदार आवश्यक तलब र सुविधा के छ ?

कतारको एक कम्पनीलाई ठूलाे संख्यामा नेपाली कामदार आवश्यक परेकाे छ । कतारको दोहामा रहेको SAK TRADING CONTRACTING कम्पनीले ४६४ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।कामदारले तलब खान बस्ने सहित ३२ हजार माथिदेखि ८० हजार सम्म पाउनेछन् ।

इच्छुक कामदारले Indo Arab Management Pvt. Ltd. कार्यालय जावलाखेल ललितपुरमा असोज २० गते अन्तरवार्ता दिनु पर्ने छ ।स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार बेहोर्नुे पर्नेछ भने विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img