विहान सबेरै उठेर सुर्यकाे न्यानाे प्रकाशमा बस्न अति नै रमाइलो हुन्छ ।सुर्यको प्रकाशले गर्दा रातकाे अन्धकारकाे अन्त्य हुन्छ ।यसले संसारलाई नै उज्यालो बनाईदिन्छ ।
सुर्यकै प्रकाशले हामाे वरपरकाे वातावरण
लाई निकै रमाइलो बनाइदिन्छ ।त्यही भएर सुर्य हामी सबैलाई प्याराे लाग्छ ।तर सुर्यले हामिलाई केवल मनाेरञ्जन मात्र प्रदान गर्दैन याे हामाे लागि निकै लाभदाक पनि छ ।सुर्यको प्रकाशले हाम्रो शरिरमा अाैषधिकाे काम गर्ने गर्छ । यदि हामिले हाम्रो
शरीरलाई सुर्यकाे प्रकाशमा राख्याैं भने
हाम्रो स्वास्थ्य राम्रो हुन्छ । त्यसले हाम्रो
छालामा रहेमा फन्जाई र ब्याक्टेरिया लाई नष्ट गर्छ । त्यसले हाम्रो रगतमा रहेका सेता काेषहरुलाई सकि्य बनाउने काम पनि गर्छ । सेता काेषहरुकाेल कारणले हाम्रो शरीरकाे प्रतिराेधात्मक शक्ति बढ्छ । ती काेषहरुले हाम्रो शरिरमा रहेका कतिपय किटाणुहरुकाे पनि अन्त्य गर्छन् ।
जब सुर्यको प्रकाश हाम्रो छालामा पर्छ हाम्रो रगतमा एउटा विशेष प्रकारको तत्व पुग्ने गर्छ त्यो तत्वले हाम्रो माशपेसिलाई नयाँ लय प्रदान गर्ने काम गर्छ जसले गर्दा हाम्रो माशंपेसीहरूले पहिलेभन्दा अझ फुर्तीका साथ काम गर्न सक्छन् मानौँ सुर्यको प्रकाशले हाम्रो स्नायुप्रणालिमा नयाँ जोश भरिदिन्छ । जस्ता कार्यहरू धेरै रहेका छन् केही यहाँ प्रस्तुत रहेको छ ।



