Thursday, March 27, 2025
जीवनशैलीचिसो मौसममा तौल घटाउन यी खानेकुरा खानुहोस्

चिसो मौसममा तौल घटाउन यी खानेकुरा खानुहोस्

स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा केही खानेकुराले तौल घटाउनुका साथै पेटको बोसोलाई पनि कम गर्न निकै प्रभावकारी भूमिका निभाएको हुन्छ ।

गाजर-:
फाइबरले भरपुर गाजरलाई पचाउन शरीरलाई सहज हुँदैन । यसैकारण यो खाएको घण्टौंसम्म पनि भोक लाग्दैन । स्वभाविक रुपमा यदि मानिसहरुलाई भोक लाग्दैन भने उसको तौल कम हुनु पक्कै छ ।

चुकन्दर:-
चुकन्दरमा तौल घटाउने फाइबर पाइन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ भने यसमा फ्याट शून्य प्रतिशत हुन्छ भन्दा फरक पर्दैन । जसले तौल बढ्न नदिइ भएको बोसोलाई पनि बिस्तारै कम गर्न मद्दत गर्छ ।

दालचीनी:-
भान्सामा पाइने दालचीनीले पनि चिसोयाममा तौल घटाउने गर्छ । जर्नल अफ न्यूट्रिशनल साइन्स एण्ड भिटामिनोलोजीका अनुसार दालचीनीमा पाइने सिनमोल्डेहाइड फ्याटले मेटाबोलिजमलाई सन्तुलित राख्छ । यसले इन्सुलिन पनि नियन्त्रणमा हुन्छ ।

मेथी:-
चिसो मौसममा मेथीको दाना तौल घटाउनका लागि कुनै गुणकारी औषधीभन्दा कम छैन । मेथीको दानाले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा ल्याउँछ र इन्सुलिनको श्रावलाई बढाउने गर्छ ।

अम्बा:-
जाडोयाममा पाइने अम्बाले पनि घण्टौंसम्म भोकलाई नियन्त्रणमा राख्न सक्छ । यसले तपाईंको शरीरका लागि आवश्यक फाइबरको दैनिक आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्न सक्छ । यो फल मानिसहरुको मेटाबोलिजमका लागि पनि निकै फाइदाजनक छ ।

पानी:-
चिसो मौसममा पानीको कमीले शरीर डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डी हाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा खराब असर पर्ने गर्छ ।

फ्रेश खानेकुरा:-
चिसो मौसममा मानिसहरु धेरैजसो प्याकेटमा बन्द वा प्रोसेस्ड फूडको प्रयोग गर्छन् । यस्तो प्रकारको खानामा सोडियम र सुगरको मात्रा निकै धेरै हुन्छ जसका कारण तीब्र रुपमा तौल बढ्ने गर्छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img