जीवनशैलीतपाईलाई कुनै केटीले मन पराएको यसरी थाहा पाउनुहोस्

तपाईलाई कुनै केटीले मन पराएको यसरी थाहा पाउनुहोस्

भनिन्छ, महिलालाई चिन्नु असम्भव जस्तै कुरा हो । महिलाका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय हुन्छन् । जसलाई छुट्याउनै सकिन्न । तसर्थ यदि कुनै केटीले आफुलाई मन पराइरहेको छ भन्ने कुरा कसरी थाहा पाउने ? मनोविज्ञहरुका अनुसार यस्ता केही लक्षणहरु छन् जसका आधारमा महिला आफुप्रति नतमस्तक भएको कुरा पुरुषले ठम्याउन सक्छन् ।

केटीले मन पराएको थाहा पाउने लक्षणहरु :
– तुरुन्त प्रतिक्रिया दिएमा यदि कुनै केटीले तपाइँको मोबाइल म्यासेज, इमेल, ट्विट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन् । तपाइँको फोन कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् तपाइँले उनको मन पगालिसक्नुभएको छ ।
–असल मान्छेसँग तुलना यदि उनले कोही निकै राम्रो मान्छेसँग तपाइँलाई तुलना गर्छिन् भने वा कुनै असल मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइँजस्तै छ भन्ने गर्छिन् भने ढुक्क हुनुहोस्, तपाइँ उनको मनमा बसिसक्नुभएको छ ।

– केटीका साथीहरुले तपाइँलाई साथी बनाउन खोजेमा यदि कुनै केटीले तपाइँलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती केटीका साथीहरुले पनि तपाइँलाई साथी बनाउन थाल्छन्, भेटेर होस् वा सोसल साइट मार्फत होस् । तर उनले आफ्ना केटी साथीहरुलाई तपाइँसँग पाँच मिनेटभन्दा बढि कुरा गर्न भने दिनेछैनिन् ।
– हात वा जिउ समाउन खोजेमा चाहे तपाइँ कुनै रेष्टुरेन्टमा बसिरहेका होस् वा बाटोमा हिँडिरहेको होस् उनी तपाइँसँग निकै नजिक आउँछिन् र हात वा जिउ समाउन खोज्छिन् ।भने पनि उनीले तपाईलाई मन पराएकी छिन् ।
– भूपु प्रेमिकाहरुका बारेमा जान्न चाहेम उनले तपाइँका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । जसका कारण उनले तपाइँका मनपसन्द कुराहरु थाहा पाउन सकुन् ।

– तपाइँको सुखमा साथ दिएमा तपाइँको जन्मदिन होस्, तपाइँका बुवा आमाको विवाहको एनिभर्सरी वा जागिरमा पदोन्नती तपाइँलाई भन्दा उनलाई बढि चासो तथा खुसी हुन्छ । तपाइँको खुसीमा उनी कति धेरै खुसी हुन्छिन् भन्ने कुरा उनले सधै देखाउन चाहन्छिन् ।
–दिनभर नै तपाइँलाई दिक्क लागिरहेको छ भनेपनि तपाइँको मुहारमा खुसी भर्नका लागि उनी जेसुकै गर्न तयार हुन्छिन् ।
–तपाईंका हरेक कुराको याद राखेमा उनले तपाइँले भनेका हरेक कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन तपाइँले उनीसँग गरेका साना भन्दा साना कुराको वृतान्त पनि याद गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img