दिउसो सुर्य अस्ताउनै लाग्दा
त् उदाएको
पिडामा पनि
म मुस्कुराएको दिन
भन्नु हुन्छ आमा मलाई
म रुदा आमा
हासेको रे त्यो दिन
आजा -औ बसन्ट पार गरीस
भन्नु हुन्छ आमा मलाई
आफु रोयरै पनि
मलाई हसाई हसाई हुर्काउनु भएको
केही अल्लि गार्हो काम आयो भने
अझै तैले गर्न सदैनस बाबु भन्नु हुन्छ आमा मलाई
राम्रो काम गरी समाजमा
राम्रो नाम कमाएस
परिवार र समाजलाई
बिस्वमा चिनाएस
भन्नु हुन्छ आमा मलाई
म भन्दा झन्दै
२ गुणा उमेरकी मेरी आमा,
मलाई जस्तो दुख
नहोस बाबु
भन्नु हुन्छ आमा मलाई
म रुदा आमा
हासेको रे त्यो दिन,
आजा -औ बसन्ट पार गरीस
भन्नु हुन्छ आमा मलाई
सानै देखी
राम्रै संस्कारमा हुर्किएको म,
बेला बेलामा
आफ्नो सस्कार नभुल है
भन्नु हुन्छ आमा मलाई
आमाको ममता
र मायाँले पुलपुलीएको म,
कसैलाइ नराम्रो नसोचेस बाबु
भन्नु हुन्छ आमा मलाइ
यो दुनिया
यस्तै छ भन्दै,
कुरा कात्ने हरुको कुरा
नसुनेस भन्नु हुन्छ आमा मलाई
स्वार्थी
दुनियाको बयान गर्दै,
खुट्टा ताने हरु बाट
अल्लि सजक भएस
भन्नु हुन्छ आमा मलाई
कतै घरबाट बाहिर हिडे भने,
आमाको हातले
पकाएको खाना छुत्यो भने ,
भोकै छु जस्तो लाग्छ,
बेलैमा खाना खायस
स्वास्थयको ख्याल गरेस
भन्नु हुन्छ आमा मलाई



