देशजिप दुर्घटना हुदा ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

जिप दुर्घटना हुदा ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौँ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

घटनामा घाइते भएका चार जनाको उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्धार भइरहेको छ । उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img