काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित हुने भएको छ ।
गृहमन्त्री बालकृष्ण खानले विधेयकलाई पुनर्विचार गरी पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचीमा छ । गत आइतबार राष्ट्रपति भण्डारीले उक्त विधेयकलाई पुनर्विचार गर्न १५ बुँदे सन्देशसहित संसदमा पठाएकी थिइन् ।
तर सत्तारुढ गठबन्धनले भने विधेयक पारित गर्न सहमत भइसकेको छ । सोही अनुसार सभामुखले मंगलबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराएर प्रक्रिया अगाडि बढाएका हुन् ।
विधेयकमा प्रमुख प्रतिपक्षी दल एमालेले विदेशी बुहारीको हकमा ७ वर्षको प्रावधान राखेको छ ।